वीरगन्ज ४ पुष : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा पर्साका नेताहरु बिच आज भेटघाट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पर्साको टोलि र ओली बिच भेटवार्ता भएको हो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले पार्टीमा कसैले फसाउन खोज्दैमा निर्षोद व्यक्ति नफस्ने बताउनुहुदै संबिधान सभाका सदस्य राजकुमार गुप्ता घटना स्थलमै नभएको ठाउमा मुदा दर्ता गर्न खोज्नु सिंगो राजनितिलाई समाप्त पार्ने खेल भएको हुनाले त्यो आफुलाई अस्वीकार्य भएकोले राज्यको संयन्त्रले उहाँलाई न्याय दिएको बतानुभयो । ओलीले दोषि व्यक्तिलाई कानुनी कारवाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने समेत बताउनुभयो ।
उहाँले सपथ ग्रहण भनिएको ठाँउमा दुई दिन अघि देखिनै बासका फाठाहरु तयार गरेर राख्नु जिम्मेवार नेताहरुले झगडा स्थलमा रहनु र कार्यकर्ताको भावना नबुझनु दुखद पक्ष भएको बताउभुयो । प्रम ओलीले अब पार्टी भित्रका केहि समस्या भएपनि समाधान तर्फ जाने बताउनु हुदै जसरी हुन्छ सरकार र आफुलाई बदनाम गर्न लाग्ने हरु प्रति सजग रहन समेत सवैलाई निर्देशन दिनुभयो । सो अवसरमा प्रधानमन्त्री ओलीले पार्टीका नेताहरुलाई सरकारले जनताको हितमा गरेको कल्याणकारी कामको बारेमा घर घरमा जानकारी गराउन आवस्यक रहेको बताउनु भएको थियो ।
टोलिमा पर्सा अध्यक्ष प्रभु हजरा, नेता निर्मला देवकोटा, अचुत मैनालि, सासंद शेख चान्दतारा, सम्बिधानसभाका सदस्य तथा नेकपा पर्साका नेता राजकुमार गुप्ता, तेजप्रकास निषाद, रामबाबु बैठा, राम आश्रराम , श्याम बन्जारा, बसरुदिन अंसारी, जालिम मियाँ, सुरेन्द्र गुप्ता, सन्तोष पासवान, लगायतको सहभागिता रहेको थियो
। सो अवसरमा पर्सामा बिशाल सभा गर्ने र त्यसमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड दुवै लाई आउन आग्रह गरिएको थियो ।