वीरगन्ज ४ पुष : पर्साको पकाहा मैनपुर गाउँपालिमा निस्शुल्क आँखा शिविर सम्पन्न भएको छ । किरण आँखा अस्पतालको प्राविधिक सहयोगमा गाउँपालिकाको वडा नम्बर ३ स्थित पकाहा मैनपुरको श्री राम चरित्र भगत माध्यमिक विद्यालयमा निस्शुल्क आँखा शिविर सम्पन्न भएको हो ।
गाउँपालिकाका वडा नं २ का समाजसेवी हृदयनारायण कुशवाहाले उद्घाटन गरेको शिविरमा १ सय ४० जनाको आँखा जाँच गरिएको थियो । जसमध्ये ५० जनामा मोतिबिन्दुको समस्या पता लागेको अस्पतालको दृष्टि बिशेषज्ञ डाक्टर मनोरञ्जन यादवले बताए ।
शिविरको उद्घाटन गर्दै कुशवाहा निस्शुल्क आँखा शिविरले लामो समयदेखि दृष्टि सम्बन्धि समस्यासँग लडिरहेका गाउँपालिकावासीलाई आँखा शिविरले धेरै सहयोग मिलेको बताए । उनले आँखा शिविरबाट मोतिबिन्दु पता लागेको सम्पूर्ण व्यक्तिको किरण आँखा अस्पतालमा शल्यक्रिया हुने बताउँदै आगामी दिनमा गाउँपालिकाका अन्य वडाहरुमा समेत शिविरको आयोजना गरिने जानकारी दिए ।
डाक्टर यादवले शिविर बाट गाउँका जेष्ठ नागरिकहरुका लागि धेरै उपलब्धिमुलक भएको बताए । उनले गाउँपालिकामा स्वास्थ्य सम्बन्धि कुनै समस्या भए सिधा स्वास्थ्य चौकीको कार्यालयमा सम्पर्क गर्न सबैलाई आग्रह समेत गरेका हुन ।
समाजसेवी हृदयनारायण कुशवाहाको अध्यक्षतामा सम्पन्न भएको शिविरमा वडा नम्बर २ का रुपेश कुमार ,द्वीप नारायण ठाकुर, गौरी शंकर साह,जगुल सहनी, शत्रुधन पटेल, योजना प्रमुख राकेश कुशवाहा , डाक्टर मनोरञ्जन यादव, राजेश चौधरी,रामबाबु चौरसिया स्थानीय भरभलादमी र अगुवाहरुको उपस्थिति रहेको थियो ।
मोतिबिन्दु पता लागेकाहरुको सोमबार र मंगलबार किरण आँखा अस्पताल वीरगञ्जमा शल्यक्रिया गरिने डाक्टर यादवले बताए । उनले अन्य गाउँहरुमा पनि गाउँपालिका कार्यालयसँग समन्वय गरेर छिट्टै शिविरको आयोजना गरिने जानकारी समेत दिए ।