वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाको अवको नेतृत्वका लागि तीन जना युवा उम्मेदवार मैदानमा उत्रिएका छन । हिजो स्वतन्त्रमा अध्यक्षको प्रत्यासी रहेका यसवन्त यादव नेकपा एमालेबाट चुनावी मैदानमा छन ।
हिजोको जनमतमा आएको बदलावसंगै सखुवा प्रसौनीमा अहिलेको नेतृत्व परिर्वातनका लागि आन्तरिक रुपमा नयाँ समकिरणहरु बनेको र त्यसले परिणमालाई परिर्वतन तर्फ लैजाने स्रोतको दावी छ ।
नेपाली कांग्रेसले युवा नेता शैलेन्द्र यादवलाई अगाडि सारेको छ । जनता समाजवादी पार्टीले प्रदीप जयसवाललाई मैदानमा उतारेको छ । जयसवाल निर्वतमान गाउँपालिका अध्यक्ष हुन ।
निर्वतमान अध्यक्ष भएको नाताले जयसवाललाई दर्जनौ सवालको सामाना गर्नु परिरहेको छ । अन्य दुई युवा नेताहरु गाउँपालिकाको समृद्धि र बिकासका सपना बोकेर मतदाताको घरदैलोमा जादै छन । उनीहरुलाई निर्वतमान अध्यक्षले केही गर्न नसकेको भन्दै मतदाता रिजाउन पाउने सुविधा भने छ ।
आर्थिक वर्ष शुरु हुनु भन्दा पहिला गाउँपालिकाले १५ दिन अगावै निर्माण समाग्रीमूल्य ,भाडा, ज्याला, तथा अन्य महशुलको न्यूनतम दर रेट तोक्नु पर्ने कानूनी ब्यवस्था पालना नगरेको देखिन्छ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ६५ ६६ र ६७ मा स्थानीय राजस्व परामर्श समिति,स्रोत अनुमान र बजेट निर्धारण समिति तथा कार्यक्रम तर्जुमा समिति गठनको प्रवन्ध गरेकोमा सखुवा प्रसौनी गाउँपालिकाले यस्तो अभ्यास नगरी मनपरी गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
कानूनी प्रवन्धहरुलाई पालना नगरि मनपरि गर्नु नै पदीय मर्यादा र आचरण भन्दा बाहिरको कुरा भएकोले त्यो पनि भ्रष्टाचार हो अहिले जयसवाललाई यस्तै प्रश्न गरे बिपक्षीले घेरा हालेको छ भने उनी जवाफ दिनबाट बच्न खोज्दै छन ।
बिपक्षको जर्वजस्त घेराबन्दी र मतदाताको रुझानले नेतृत्वको परिर्वतनलाई संकेत गरेको स्थानीय बुद्धिजीवीको टिप्पणी रहेको छ ।
हिजोको निर्वाचनमा देखिएको जनमतमा बदलाव आएको छ । हिजो एमालेबाट प्रत्यासी रहेका निर गिरी आज एमालेमा छन । जसपाबाट उपाध्यक्ष जितेकी फूलमती थारु एमालेबाट उपाध्यक्षमा प्रतिस्पर्धामै छिन । मधुवन मथौलका पूर्व अध्यक्ष लालदेव उराव जसपामा प्रवेश गरेका छन ।