वीरगंज,पुस १५ ,राकेश साह
नेकपाको प्रदेश नम्बर २ स्तरीय अगुवा कार्यकर्ता भेला वीरगंजको टाउन हलमा आज सम्पन्न भएको छ । प्रदेश ईन्र्चाज सत्यनारायण मण्डलको अध्यक्षता एवं पार्टीका महासचिव एवं अर्थमन्त्री बिष्णु पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी पौडेलले प्रचण्ड नेपालको स्वार्थका कारण पार्टी बिभाजन भएको बताउनुभयो । उहाँले प्रचण्डले पार्टीको सल्लाह र बैठक बिना नै अविश्वासको प्रस्ताव ल्याएको आरोप समेत लगाउनुभयो । प्रधानमन्त्री बन्नैका लागि प्रचण्डले षड्यन्त्रपुर्वक सरकारको खुटा तान्ने, असफल बनाउने कार्य गरेको बताउनुभयो ।
मन्त्री पौडेलले गणतन्त्रको रक्षा निम्ति प्रधानमन्त्री ओलीले सदन बिघटन गरी ताजा जानादेशमा जान निर्णय गरेको बताउनुभयो । उहाँले आफनो स्वार्थपुरा गर्न सडकमा नाटक मंचन गरिएको बताउदै आन्दोलनको अभियन छोडेर चुनावको सामना गर्न चुनौती दिनुभयो । पौडेलले सरकार तोकेकै समयमा चुनाव गराउन गृहकार्यमा लागेको बताउदै ढुक्क भएर निर्वाचनमा होमिन नेता कार्यकर्ताहरलाई निर्देशन दिनुभयो । उहाँले प्रचण्ड नेपाल समुहको भ्रम चिर्न गाँउ गाँउमा कार्यक्रम गर्न ,संगठन बिस्तार गर्न समेत नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । मन्त्री पौडेलले कुनै पनि हालतमा संसद पुर्नगठन नहुने जानकारी गराउनुभयो ।उहाँले सुर्य चिन्ह ओली नेतृत्वको नेकपाले पाउनेमा कुनै दुईमत नरहेको बताउनुभयो । उहाँले प्रचण्ड नेपाल समुह सच्चिएर र गल्ती स्वीकार गरेर आए पार्टीमा स्थान दिन सकिने समेत बताउनुभयो ।
यसैगरी प्रदेश २का अध्यक्ष एवं शहरी बिकाश मन्त्री प्रभु साहले अर्कै प्रायोजनको लागि असार महिनामा गरिएको हस्ताक्षरलाई प्रचण्डले दुरुपयोग गरी अविश्वास प्रस्तावको लागि प्रयोग गरेको आरोप लगाउनुभयो । मन्त्री साहले छल र षडयन्त्रपुर्व पार्टी र सत्ता कब्जा गर्न खोजेपछि प्रधानमन्त्री ओलीले गणतन्त्र रक्षाको लागि सदन बिघटन गरेको बताउनुभयो । जनमुक्ति सेनाको पैसा खाने प्रचण्डले भ्रष्टाचारको कुरा गर्नु हास्यास्पद भएको बताउनुभयो । मन्त्री साहले अध्यक्ष र प्रधानमन्त्री बन्नकै लागि सरकार बिरुद्ध षड्यन्त्र गर्ने नेता संग देशको भलो नहुने भन्दै कार्यकर्ताहरुलाई भ्रमित नहुन आग्रह गर्नुभयो ।
यसैगरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले नयाँ उचाईमा पुग्दै गरेको सरकारलाई पार्टी भित्रैबाट असहयोग भएको बताउनुभयो । माधव प्रचण्डले आफना पदका लागि कम्युनिष्ट आन्दोलन र दुई तिहाई मतको अनादर गरेको आरोप लगाउनुभयो ।
कार्यक्रमा कानुन मन्त्री लिलामान श्रेष्ठ, पुर्वमन्त्री एवं स्थायी कमिटी सदस्य रघुबिर महासेठ , प्रदेश २ सचिव सुमन प्याकुरेल, केन्द्रिय सदस्य ज्वाला साह, लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा केन्द्रिय सदस्य एवं संबिधान सभा सदस्य राजकुमार गुप्ता ,जयप्रकाश थारु ,केन्द्रिय सदस्य प्रधुम्न चौहान, जुनैद अंसारी,निर्मला देवकोटा, बसुरुदीन अंसारी , बिना शर्मा, रेखा झा,प्रदेश कमिटी सदस्य बाबुराम कौसिक , तेजप्रकाश निषाद ,जिरा भवानी गाँउपालिकाका अध्यक्ष रामप्रित महतो,पटेर्वा सुगौली गाँउपालिका अध्यक्ष हरी नारायण चौधरी, छिपहरमाई गाँउपालिकाका अध्यक्ष मनोज गुप्ता, नेकपा नेता गोकर्ण पाठक, बासदेव महतो थारु,वडा अध्यक्ष पवन तिवारी, बिन्ध्याचल ठाकुर, यशवन्त यादव , राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य बिकाश रौनियार, लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य नेकपा पर्सा अध्यक्ष प्रभु हजराले गर्नुभएको थियो । कार्यक्रममा स्थानिय भोजपुरी गायक सुनिल पंडित र आवाज एफ।एमका आरजे दिनानाथ साहले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रदेश २ अन्र्तगत बारा, पर्सा ,रौतहट , सर्लाही, सप्तारी ,धनुषा र महोतरी जिल्लाबाट नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । नेकपाको प्रदेश नम्बर २ स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रम सुरु हुनु भन्दा अगाडि युवा संघका जिल्ला संयोजक महमद निजामको नेतृत्वमा भएकोे मोटरसाइकल र्यालीमा रवि गुप्ता ,महमद रेयाज लगायतको उपस्थिती रहेको थिया ।