नेपाली कांग्रेस पर्साले स्थानिय तह निर्वाचनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेकाे छ । कांग्रेसकाे जिल्ला कार्य समिति पर्साले साेमबार बधाई तथा सम्मान कार्यक्रमकाे आयाेजना गरि नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेकाे हाे ।
वीरगंजीस्थत नगर सभागृहमा भएकाे कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले आवश्यक्ता भएको ठाउँमा मात्र गठबन्धन हुने बताए । उनले गठबन्धन गर्नु गलत कुरो नभएको तर आवश्यक्ता भएका ठाउँहरुमा मात्रै गर्नु पर्ने धारणा राखे ।
नेता रिजालले स्थानिय तह निर्वाचनमा वीरगंज महानगरपालिकामा गठबन्धनकाे अवश्यकता नभएपनि पार्टीका शिर्ष नेताहरुको निर्देशन अुनरुप गठबन्धन गरेर चुनाव लड्नु पर्ने, आफूहरुको रहर नभई बाध्यता भएको बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता रिजालले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आफ्नो ५ वर्षे कार्यकालमा मालिक बनेर हाईन, जनताको सेवक भएर काम गर्ने सुझाव दिए ।
पार्टीका पूर्व जिल्ला सभापति अजय द्विवेदीले गठबन्धन कै कारण भारतामा कांग्रेस पार्टी अोझेलमा परेको हुँदा नेपालमा पनि गठबन्धन गरेर अघि बढे कांग्रेसको पत्ता साफ हुने बताए । उनले आफू सुरुवातदेखि नै गठबन्धनको विपक्षमा रहेको बताउँदै आगामी संघ र प्रदेशको चुनावमा पनि गठबन्धन गरेर अन्य दलका नेताहरुलाई मत दिएर विजय गराउनु पर्ने अवस्था आए कांग्रेस पार्टी अझ बढी कम्जोर बन्दै जाने बताए ।
यसैगरी नेपाली कांग्रेसका वीरगंज महानगरपालिकाका नगर सभापति मणिन्द्र लाल नेपालीले पर्सा जिल्लामा नेपाली कांग्रेसलाई जोड्न निकै प्रयास गरेपनि असफल भएको बताए । उनले महानगर कार्य समितिले विभिन्न कार्यक्रमहरुको आयोजना गर्दा नेताहरु कहिलै उपस्थिति नभएको दुखेसो पोखे ।
आफूले आयोजना गर्ने कार्यक्रम व्यक्तीगत नभई चार तारे झण्डा र प्रजातन्त्रको मूल्य र मान्यता मान्ने पार्टीको भएको भन्दै कार्यक्रहरुमा सहभागिता जनाईदिन अनुरोध समेत गरे ।
कार्यक्रममा वक्ताहरुले गठबन्धन कै कारण पार्टीले चाहे अनुसारको परिणाम नआएको बताए । वक्ताहरुले गठबन्धनलाई ठगबन्धन भएको वताउँदै आगामी संसदिय तथा प्रदेश चुनावमा गठबन्धन नगर्न आग्रह गरे । गठबन्धनमा रहेका दलहरु कतिको ईमानदार छन् भन्ने कुरा जिल्ला समन्वय समितिको निर्वाचनबाट प्रस्ट भएको उनीहरुकाे भनाई थियाे ।
नेपाली कांग्रेसका पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, जिल्ला कार्य समितिका उपसभापति रामनारायण प्रसाद कुर्मी, पर्सा क्षेत्र नम्बर ४ का सभापति एवम् जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव, वीरगंज महानगरपालिकाका उप–प्रमुख ईम्तियाज आलम लगायतका नेता तथा कांग्रेसबाट निर्वाचित पालिकाका जनप्रतिनिधिहरुको सभागिता रहेको थियो