वीरगन्ज, २० पुष : एम.आई.एस. अपरेटर तथा फिल्ड सहायक समिति पर्साले सोमबार प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई ज्ञापन पत्र बुझाएको छ ।
कालिकामाई गउँपालिकाको सेवा इकाईमा कार्यरत एम।आई।एस। अपरेटर र फिल्ड सहायकको म्याद थप सम्बन्धमा समितिले प्रजिअ तामाङलाई ज्ञापन पत्र बुझाएका हो । समितिका अध्यक्ष मनोज राउत थारुद्वारा हस्ताक्षरित ज्ञापन पत्र पर्साको विभिन्न पालिकाको सेवा इकाईमा कार्यरत एम।आई।एस। अपरेटर र फिल्ड सहायकहरु जिल्ला प्रशासन कार्यालयमा पुगी प्रजिअ तामाङलाई बुझाएका हुन् ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा संचालित समाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजनाको लागि राष्ट्रव्यापी खुल्ला प्रतियोगिताद्वारा देशभरीको ७५३ स्थानिय तहमा गत बर्ष एम।आई।एस। अपरेटर र फिल्ड सहायकहरु सेवा करारमा न्युक्त भएका थिए ।
सोही अन्तर्गत कालिकामाई गाउँपालिकामा कार्यरत रहेका एम।आई।एस। अपरेटर लक्ष्मण साह र फिल्ड सहायक भेष साहको म्याद मंसिर ८ गते सकिए पनि हाल सम्म थप नभएको भन्दै समितिले ज्ञापन पत्र बुझाएको हो ।
समितिले बुझाएको ज्ञापन पत्रमा म्याद सकिन अगावै कार्तिक २४ गते नै दुबै जनाले म्याद थपको लागि गाउँपालिकामा निवेदन दर्ता गराएको र मंसिर ८ गते गाउँपालिकाको प्रशासन शाखाले म्याद थपको लागि टिप्णी आदेश दिए पनि पुस ५ गते सम्म म्याद थप नभएको जानकारी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा गराएका थिए ।
त्यसपछि गाउँपालिकालाई विभागले पुस १२ गते च।न। १३२१ भएको पत्रमार्फत गाउँपालिकाको सेवा इकाईमा कार्यरत रहेको एम।आई।एस। अपरेटर र फिल्ड सहायकको म्याद थप गर्ने स्विकृत सहितको निर्देशन दिए पनि हाल सम्म म्याद थप नभएको जानकारीसहित निर्देशन कार्यन्वयन गराइदिन आग्रह गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्र बुझ्दै प्रजिअ तामाङले यस सम्बन्धमा आफुले अनुसन्धान गरी नियम अनुसार गराउने आश्वासन दिए ।
प्रजिअ तामाङको आदेश अनुसार जिल्ला प्रशासन कार्यालय पर्साको प्रशासन शाखाले आजै एक पत्रमार्फत म्याद थप के कारणले हुन नसकेको हो सो को स्पष्ट जानरकारी ३ दिन भित्र पठाउन गाउँपालिकासंग माग समेत गरेको छ ।