वीरगन्ज । सामाजिक सुधारमा सँगसँगै नाराका साथ आयोजना भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सानो पाइला (पूर्व लागुऔषध प्रयोगकर्ता र कर्मचारीहरुको समूह) विजयी भएको छ ।लागुऔषध तथा अपराध विरुद्धको सप्ताहव्यापी कार्यक्रमको दोस्रो दिन आयोजना भएको खेलमा नेपाल प्रहरीलाई २१ रनले पराजीत गर्दै सानो पाइलाको समूह विजयी भएको हो ।
सोमबार बिहान एसपी कार्यालयको ग्राउण्डमा आयोजना भएको मैत्रीपूर्ण खेलमा टस हारेर ब्याटिङ्ग गरेको सानो पाइलाको समूहले निर्धारित १२ ओभरमा ५ विकेट गुमाउँदै ११६ रन बनाएको थियो । सानो पाइलाका लागि ओपनर फिरोज अंसारी र कप्तान रौनक राज सरार्फले सर्वाधिक रनको योग्दान दिएका थिए । अंसारीले ५४ रन बनाउँदा सरार्फले ३६ रनको योग्दान दिएका थिए । नेपाल प्रहरीका तर्फबाट उमेश यादवले १ विकेट, विशाल मल्लले १ विकेट, धिरज कुशवाहले १ विकेट र रमेश राउत २ विकेट लिएका थिए ।
जबाफि ब्याटिङ्गमा ओर्लिएको नेपाल प्रहरी ११ ओभरमा ९५ रनमा सिमिति भयो । नेपाल प्रहरीका लागि रमेश राउतले
सर्वाधिक अर्धशतक बनाए । राउतसँगै ओपनिङ्ग गर्न आएका उमेश यादव ८ रनमा आउट भएपछि ब्याटिङ्ग सम्हाल्न
आएका प्रज्जवल थापाले २२ रनको योग्दान दिएका थिए । सानो पाइलाका तर्फबाट फिरोज अंसारीले १ विकेट, सज्जाद
अंसारीले १ विकेट, राज कुमार लामाले १ विकेट र कप्तान रौनक राज सरार्फले १ विकेट लिँदै प्रहरीको समूहलाई पराजित गरे ।
खेल सम्पन्न भएपछि आयोजना भएको कार्यक्रममा प्रहरी नायब उपरिक्षक प्रहलाद कार्कीले मेडल र ट्रफी हस्तान्तरण
गर्नुभएको थियो । प्रहरी नायब उपरिक्षक कार्कीले लागुऔषधको विरुद्धमा कार्यहरु गर्दै आईरहेको बताउनुभयो ।
यसमा सबैको साझा सहकार्य हुनुपर्नेमा उहाँले जोड दिनुभएको थियो । लागुऔषधबाट पुनस्र्थापित हुने क्रममा यस्ता खेलहरु असाधै महत्वपूर्ण हुने उहाँको भनाई रहेको थियो । कार्यक्रमको सहजीकरण जय यादवले गर्नुभएको थियो ।
सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन सानो पाइलाले सुचना दिवसको आयोजना गर्दैछ । जस अन्तर्गत लागुऔषध विरुद्धको जनचेतनामूलक सडक नाटक र जनचेतनाका लागि सूचना डेस्कको स्थापना हुनेछ । लागु पदार्थसम्बन्धि समस्या कसैको पनि व्यक्तिगत समस्या मात्र होइन। यो सिंगो समाजकै समस्या हो। अत: यसका लागि
समाजका हरेक जिम्मेवार व्यक्ति पनि जोडिएको समस्या ठानेर समाधानमा पहल गर्नु अत्यावश्यक छ।