वीरगन्ज २९ पुष : संघिय प्रेस फोरमले वीरगञ्जमा आज पत्रकार सम्मेलन गरेको छ । होटल भिस्वामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै जसपा अध्यक्ष उपेन्द्र यादबले मधेश आन्दोलन, जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई समाप्त पार्न प्रधानमन्त्री ओली लागीपरेको आरोप लगाउनुभयो ।
विगतमा आफैले गरेका सहमतिहरु कार्यन्वयन नगर्दा आफुहरु संविधानबाट बाहिरिएको यादबले स्मरण गर्नुभयो । प्रधानमन्त्री ओलीले पार्टी फुटाउने र संवैधानिक निकायहरुलाई कब्जा गरेर निरङकुशता लाद्न खोजेको यादबको भनाई छ ।
संसद विघटन पुर्ण रुपमा असंवैधानिक र गैरसंवैधानिक कदम भएकाले सर्वोच्चले जनताको पक्षमा निर्णय गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । जनता समाजवादी पार्टीका बरिष्ठ नेता लक्ष्मणलाल कर्णले ३० वर्षसम्मको अभ्यासले आफु सर्वोच्चको निर्णयप्रति विश्वस्त भएको बताउनुभएको छ ।
पत्रकार सम्मेलनमा जसपाका कार्यकारिणी सदस्य सुनिल रोहित, विघठिट प्रतिनिधि सभाका सदस्यहरु प्रदिप यादब, हरीनारायण रौनियार, प्रदेश सभा सदस्यहरु जन्नत अन्सारी, प्रह्लाद गिरी, करिमा बेगम, वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगी, जसपाका केन्द्रिय सदस्य राजेशमान सिँह, शिव पटेल, जसपा पर्साका अध्यक्ष रामनरेश यादब, जसपा पर्साका सचिब तबरेज अहमद लगायतको सहभागिता रहेको थियो ।