पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-५, महुवनमा रहेकोे श्री दलित प्राथमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ।
विगत करिब ४ वर्ष देखि यस विद्यालयमा विद्यालय व्यवस्थापन समिति बिना नै विद्यालयको सम्पुर्ण कारोबार तथा क्रियाकलाप संचालनमा रहेकोे थियोे । विद्यालयको क्रियाकलाप संचालनको लागि सहज , सजिलो र शैक्षिक क्रियाकलाप संचालन गर्नको लागि अभिभावक भेला गरि समिति गठन गरिएको छ।
विद्यालय व्यवस्थापन समिति गठनको लागि ७ दिन अगावै सार्वजनिक सूचना प्रकाशन गरिएको थियोे ।
पर्सा जिल्लाको सखुवाप्रसौनी गा.पा.-५, महुवनमा रहेकोे दलित प्राथमिक विद्यालयको व्यवस्थापन समितिमा अभिभावक मध्ये छनोट भएका अध्यक्ष गोरख कुमार राम, सदस्य दिनेश कुमार राम, सदस्य मुरतिया देवी , सदस्य मालती देवी छनोट हुनु भएको छ। विद्यालय व्यवस्थापन समितिको सदस्य मनोनीतमा अशोक राम र देवन्ती देवी मनोनीत हुनु भएको छ। अभिभावक भेलाले जम्मा ६ जनाहरुलाई सर्वसहमती बाट निर्णय गरिएको छ। शिक्षा ऐन अनुसार अभिभावक मध्ये २ जना पुरुष र २ जना महिला गरि जम्मा ४ जना छनोट गर्ने र १ जना शिक्षा प्रेमी र १ चंदा दाता गरि २ जना र प्र.अ. , शिक्षक प्रतिनिधि र वडा कार्यालय प्रतिनिधि गरि जम्मा ९ जनाको समिति रहने प्रावधान रहेकोे छ ।
यस विद्यालय व्यवस्थापन समिति गठन कार्यक्रमको अभिभावक भेलामा सखुवाप्रसौनी गा.पा.को शिक्षा प्रमुख नेपालईन्दु साहको संयोजकत्वमा भएको छ। वडा कार्यालय सचीव गणेश साह गोढ , निमित्त प्र.अ. अर्चना कुमारी गुप्ताको सदस्य रहने गरि विद्यालय व्यवस्थापन समिति छनोट / गठन समितिको उपस्थिति भएको छ।
अभिभावक भेला कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष असेसर प्रसाद यादव , विशिष्ट अतिथि गा.पा . बोर्ड सदस्य महादेव साह कलवार , पुर्व प्र.अ. जदु प्रसाद साह, निवर्तमान अध्यक्ष गणेश महरा चमार , पुर्व अध्यक्ष रामबालक महरा चमार , दलित सामाजिक अभियान्ता मनोज राम , अभिभावक श्यामकिशोर राम, दलित नेता सुरेन्द्र पासवान तथा अभिभावकहरुको सहभागिता रहेकोे थियो ।