बीरगंज । नेपका एमाले पर्साको सचिवालय बैठक आज नेकपा एमाले पर्साको पार्टी कार्यालय मनमोहन नगर रानीघाटमा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष जयप्रकाश थारुको अध्यक्षतामा सम्पन्न भएको बैठकले अब पार्टीको सबै शक्ति निर्वाचनमा केन्द्रित हुने र पर्सामा निर्वाचनको परिणाम आफ्नो हातमा पार्नको लागि कुनै कसर बाँकी नराख्ने निर्णय गरेको छ । आज बसेको बैठकले ४ वटै निर्बाचन क्षेत्रको लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ । जसमा क्षेत्र नं १ मा संयोजक लालबाबु शेख , सह संयोजक इन्दु घिमिरे , सचिव आलम , २ मा संयोजक ध्रुव साह , सह संयोजक केदार तिवारी , सचिव मनोज कुशवाहा , ३ मा संयोजक राजेश रौनियार , सह संयोजक सुनिल कुशवाहा , सचिव रामबाबु साह र ४ मा संयोजक यम बहादुर बस्नेत , सह संयोजक उर्मिला देवी थरुनी , सचिवमा रामेश्वर साह लाई चयन गरेको छ । यसैगरी पर्सामा रहको ८ वटै प्रदेश क्षेत्रमा निर्वाचन परिचालन समन्वय समिती गठन गरेको छ । जसमा प्रदेश सभा क्षेत्र १ को क मा संयोजक अमानत अन्सारी , उप संयोजक अर्चना अधिकारी र सचिब मा ताजुद्दिन अन्सारी क्षेत्र न १ को ख मा संयोजक कमलेश गुप्ता, उप संयोजक लीला श्रेष्ठ र सचिब मा ओम प्रकाश गुप्ता रहनु भएको छ । क्षेत्र न २ को क मा संयोजक तैयव मियाँ, उप संयोजक सिकेन्द्र पटेल र सचिब मा दिवेश नेपाल क्षेत्र न २ को ख मा संयोजक अफजल हुसैन, उप संयोजक श्याम गुप्ता र सचिब मा हरेराम पटेल रहनु भएको छ । । क्षेत्र न ३ को क मा संयोजक हरि नारायण चौधरी, उप संयोजक भगवान कुर्मी र सचिब मा उमेश चौहान क्षेत्र न ३ को ख मा संयोजक सागीर मियाँ, उप संयोजक सुनित साह गोढ र सचिब मा इन्द्रदेव प्रसाद कुर्मी रहनु भएको छ । क्षेत्र न ४ को क मा संयोजक गोविन्द महतो थारु, उप संयोजक वान राम र सचिब मा राजेश लामा क्षेत्र न ४ को ख मा संयोजक हरि पटेल, उप संयोजक दिपेन्द्र साह कलवार र सचिब मा फणीन्द्र कुशवाह रहनु भएको छ । उक्त समितीले पार्टीको गतिबिधिलाई तिब्रता दिने निर्णय गरेको छ भने भदौ मसान्तभित्र पार्टीको प्रशिक्षण, चुनावी समिक्षा, गर्ने निर्णय गर्दै जिल्लामा पार्टीको आर्थिक अवस्था, हालसम्म उठेको चन्दा, लेबी, पार्टी सदस्य शुल्क, जनप्रतिनिधीले दिएको लेबी र निर्वाचनमा आएको सहयोगको छानबिन गर्न सचिवालय सदस्य श्याम बन्जाराको संयोजकत्वमा छानबिन समिती समेत गठन गरेको छ । जस्मा सचिवालय सदस्य लालबाबु शेष र प्रताप श्रेष्ठ रहनुभएको छ । बैठका केन्द्रीय सदस्य तथा पर्साका सह इन्चार्ज राजकुमार गुप्ताले पार्टीलाई निर्वाचन केन्द्रित बनाउन सबै एक भएर लाग्नुपर्ने धारणा राख्नुभएको थियो । बैठकमा केन्द्रीय सल्लाहाकारहरु कदम रसुल अन्सारी, ठाकुर न्यौपाने, शम्भु गुप्ता, बलिराम साह, बसुरुद्धिन अन्सारी, जालिम मियाँ, नवाराज शर्मा, बाबुराम कौशिक, उषमान अन्सारी, हिरालाल साह, बिना शर्मा, मेघराज पासवान, जोगेन्द्र साह, तेजप्रकाश निषाद, लगायतको सहभागिता रहेको थियो ।