वीरगंज, २९ पुष
वीरगंजको सुरक्षा व्यवस्था फितलो भएसंगै मोटरसाइकल चोरीमा वृद्धि भएको छ ।वीरगंजको विभिन्न ठाउँबाट दिनदहाडै हुने मोटरसाइकल चोरीको घटनामा वृद्धि हुदै जादा बुधबार पत्रकारहरुको एक टोलीले जिल्ला प्रहरी कार्यालय पर्साको ध्यानाकर्षण गराएको छ ।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराको नेतृत्वमा प्रहरी कार्यालय पुगेको टोलीले प्रहरी नायब उपरिक्षक मनोजित कुंवरलाई भेटेर मोटरसाइकल चोरी बारे अवगत गराएको हो ।
पत्रकारहरुको गुनासो सुनेपछि पर्सा प्रहरीको प्रवक्ता समेत रहेका कुंवरले मोटरसाइकल चोरीको नियन्त्रण गर्न आजैदेखि पर्सा प्रहरी तदारुकताको साथ लाग्ने प्रतिवद्धता जनाए ।
सो टोलीमा प्रेस संगठन नेपालका केन्द्रिय सदस्यद्वय राघव साह, वृजलाल पासवान, प्रदेश सदस्यहरु बिजय भण्डारी, किरणराज पाण्डे, संजिव मिश्रा, प्रमोद यादव, संघिय प्रेस फोरम पर्साका अध्यक्ष आरके पटेल, पत्रकारहरु मनोज पटेल, अजय चौरसिया लगायतको सहभागिता रहेको थियो ।
मंगलबार दिउसो मात्र वीरगंजबाट प्रकासित पर्दाफास दैनिकका प्रकाशरप्रबन्ध निर्देशक राघव साहको मोटरसाईकल चोरी भएको थियो । पत्रकार साह काम विशेषले पर्सा जिल्ला अदालत जांदा राधेमाई चौक अदालत एरियाबाट चोरी भएको घटना बारे पनि प्रहरीलाई टोलीले जानकारी गराएको थियो ।
पत्रकार साहको नाउ“मा दर्ता रहेको ना ४६ प ६१८१ नं। को सुपर स्पेलेण्डर कालो रंगको मोटरसाईकल पर्सा जिल्ला अदालत देखि पश्चिम, साउथ जोन बोर्डि· स्कूल देखि दक्षिण, श्री वैष्णो देवी वचत तथा ऋण सहकारी संस्थाको अगाडि सडक छेउमा पार्किङ्ग· गरी राखेको अवस्थामा मोटरसाईकल करिब २ः३० बजेको समयमा चोरी भएको थियो ।