वीरगंज । राष्ट्रिय युवा संघ नेपाल पर्साले आज पालिकाको विभिन्न वडामा कमिटी गठन गरेको छ । राष्ट्रिय युवा संघ नेपाल पर्साका अध्यक्ष मोहमद निजाम र राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा पर्सा इनचार्ज रवि गुप्ताको सक्रियतामा केन्द्रीय सर्कुलर अनुसार वडा कमिटी गठन गरिएको छ ।
राष्ट्रिय युवा संघ नेपाल पर्साले आज बहुदरमाई नगरपालिकाको वडा नं ६ मा ओजिर देवानको अध्यक्षतामा २१ सदस्यि वडा कमिटी गठन गरेको छ । त्यस्तै बिन्दबासिनी गाउँपालिकाको वडा नं १ मा मोहन साह तेलीको अध्यक्षतामा १७ सदस्यि र पकहा मैनपुर गाउँपालिकाको वडा नं १ मा धर्मेन्द्र यादवको अध्यक्षतामा २१ सदस्यि वडा कमिटी गठन गरेको छ ।
कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपाल पर्साका अध्यक्ष मोहमद निजामले युवाहरु समाज परिवर्तनका संवाहक भएकाले समाजमा हुने हरेक गतिविधिमा युवाहरुको निगरानी हुनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो— युवा त्यो हो जोसंग सुदृढ सपना र त्यसलाई पुरा गर्ने सहास छ।त्यसैले समाजलाई सकारात्क दिसा तर्फ लैजान युवाहरु एक हुन जरुरी छ ।
उहाँले समाज परिवर्तनका लागि युवाहरुलाई एक जुट भएर लाग्न पनि आग्रह गर्नुभएको छ।उहाँले भन्नुभयो— युवा देश निर्माणको मेरुडण्ड हो।त्यसैले विकास निर्माणका हरेक काममा युवाहरुको सक्रय भूमिका हुन आवश्यक छ।
उहाँले समाजमा हुने सामाजिक बिकृति र विसंगतीलाई हटाउनका लागि युवाहरुले पहल गर्न जरुरी भएको बताउँदै गलत कार्यबिरुद्ध युवाहरु एक जुट भएर लाग्नुपर्ने बताउनु भयो।उहाँले भन्नुभयो—समाज सुधारका लागि युवाहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ।
युवा संघको केन्द्रीय सदस्य रवि गुप्ताले समाजको मुहार पेर्नका लागि युवाहरु एक भएर लाग्नुपर्ने बताउनु भयो।उहाँले भन्नुभयो—युवा देशको कर्णधार भएकाले विकास निर्माणमा युवा सहभागिता हुन जरुरी छ।
उहाँले युवाहरुलाई स्वरोजगार बनाउनका लागि युवा लक्षित कार्यक्रमहरुलाई प्रभावकारी बनाएर लैजानेमा आफूले पनि सहयोग गर्ने बताउनु भयो।उहाँले भन्नुभयो—युवा बेरोजगारीको अन्त्य गर्नका लागि युवा लक्षित कार्यक्रमा जोड दिनेछु ।उहाँले युवा पलायनलाई रोक्नका लागि पहल गर्ने समेत बताउनु भयो ।
कार्यक्रममा नेकपा एमाले पकाहामैनपुर गाउँपालिका इन्चार्ज एवंम जिल्ला कमिटी सदस्य विकास पाण्डेय , नेता गम्भिरा साह , सागिर मियाँ , मनिष यादव , दिनेश साह लगायतको सहभागिता रहेको थियो ।