कृष्णा कुशवाहा , वीरगंज पुस २९
पर्साको विन्दवासिनी गाउँपालिकामा नेपाली कांग्रेसको बैठक सम्पन्न भएको छ । नेपाली कांग्रेस बिन्दवासिनी गाउपालिकाका संयोजक बिबेक कुमार चौरसियाको अध्यक्षतामा विभिन्न निर्णय गरी बैठक सम्पन्न भएको हो ।
ओलीले गरेको संसद विघटन असंवैधानिक कदम भएकोले पार्टीको केन्द्रिय निर्णय अनुसार स्थानिय तहमा बिरोध कार्यक्रम अन्तर्गत माघ ३ गते विन्दवासिनी गाउँपालिकाको क्षेत्रमा मोटरसाईकल रयाली निकाल्ने गाउँपालिकामा घुमी प्रसौनी भाठ्ठामा कोण सभागर्ने निर्णय गरेको छ । माघ ८ गते पालिकाको हरेक वडामा वडास्तरीय प्रदर्शन गर्ने निर्णय गरेको हो ।
सो बैठकमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि अशोक गुप्ता, वडा सभापतिहरु सत्येन्द्र नरायण ओझा, जयप्रकाश चौरसिया, शम्भु चौरसिया, सुकदेव यादव , वडाध्यक्ष अनुज चौरसिया, रामचन्द्र चौरसिया, बब्लु गुप्ता, मुक्तिनाथ प्रसाद कुर्मी, उमेश चौरसिया, प्रभु चौहान, मुकेश साह कानु, हरेन्द्र चौरसिया,तरुण दलका जिल्ला सदस्य उपनेश चौरसिया, आनन्द चौहान, ने बि संघका सुधान्सु चौरसिया लगायत ठुलो संख्यामा कार्यकर्ताहरुको उपस्थिति रहेको बिन्दवासिनी गाउपालिकाका संयोजक बिबेक कुमार चौरसियाले बताए।