वीरगञ्ज । पर्साको क्षेत्र नम्बर ३ को ( ख ) बाट प्रत्यक्ष तर्फ प्रदेश सभा सदस्यको उम्मेदवारका लागि नेकपा एमालेले किरण देवी गुप्ता र विधाचल ठाकुरको नाम सिफारिस गरेको छ ।
नेकपा एमाले पर्साको क्षेत्र नम्बर ३ प्रादेशिक समन्वय कमिटीको बैठकले पूर्व बिन्दबासिनी गाउँपालिका उपाध्यक्ष किरण देवी गुप्ता र पोखरीया नगर कमिटी अध्यक्ष बिधाचल ठाकुरको नाम प्रदेश सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको हो ।
त्यस्तै उक्त बैठकले प्रदेश सभा सदस्यको समानुपातिक तर्फको उम्मेदवारका लागि जिल्ला कमिटी उप सचिव तथा नेपाल पत्रकार महासंघ पर्सा शाखाका कोषाध्यक्ष संजिव कुमार मिश्र लगायतको नाम सिफारिस गरेको छ ।
सागिर मियाँको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा सबिधान सभा सदस्य र पर्सा क्षेत्र ३ को प्रतिनिधि सभा सदस्यको उम्मेदवार राजकुमार गुप्ता , प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद , जिल्ला कमिटी सह सचिव संजिव मिश्रा , क्षेत्रिय अध्यक्ष राजेश्वर प्रसाद रौनियार , नेता शिव पटेल , विजय चौरसिया , श्रीलाल साह कानु , किरण देवी गुप्ता , पुरण कुर्मी , विनोद गिरी , मोहमद निजाम , रवि गुप्ता , रुबी ठाकुर , दीपक ठाकुर , रामबाबु साह , सन्जय चौहान , धीरज चौरसिया , अलि अहमद , प्रमोद साह , विकास पाण्डे , सुनिल कुशवाहा , ललिता देवी , रबडी देवी , सालमा खातुन , रणिता देवी , मिना गुप्ता , ज्योति चौरसिया , उम्रावाती देवी , प्रियंका देवी , ज्योति मिश्रा , मन्तुरा देवी , बिधचाल ठकुर , प्रमोद कुशवाहा , गम्भीर साह , अक्लेश साह , सुनित साह , इन्द्रदेव कुर्मी , लक्ष्मी थापा कुशवाहा , लक्षमण चौरसिया , रामेश्वर प्रसाद चौहान , द्रुव साह , वडा कमिटीका अध्यक्ष , पालिका कमिटीका पदाधिकारी , निर्वाचित जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।