वीरगन्ज । ५८ औँ राष्ट्रिय बाल दिवसको अवसरमा पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर २ बहुआर्वामा रहेको राधाकृष्ण माध्यमिक विधालयमा बुधबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
“बाल बालिका समाजको आधार जिम्मेवार परिवार उत्तरदायी सरकार“ विषयमा आयोजित वक्तृत्वकला प्रतियोगितामा गाउँपालिका भित्र रहेको ३ वटा सामुदायिक विद्यालयहरूको भाग लिएका थिए । प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यमिक बिधालय झौवाका विद्यार्थीहरु प्रथम भएका थिए । यस्तै नेपाल राष्ट्रिय माध्यमिक बिधालय गर्दौलका विद्यार्थीहरु दृतिय र राधाकृष्ण माध्यमिक विद्यालय बहुआर्वाका विद्यार्थीहरु तृतीय भएका थिए ।
विधालयकै प्राङ्गणमा आयोजित वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि कक्षा १० सम्मका ४ जना विधार्थीहरुले भाग लिएका थिए । विजेताहरुलाई पुरस्कर स्वरुप सिल्ड र प्रमाणपत्र वितरण गरिएको थियो ।
राधाकृष्ण माध्यमिक विधालयका प्रधानध्यापक सरोज प्रसाद चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष प्रमोद तिवारी , विशिष्ट अतिथि ज्योति चौरसिया , अतिथि महासंघ अध्यक्ष धर्मेन्द्र चौबे , शिक्षक संघ अध्यक्ष नन्दु प्रसाद यादव , प्र अ लक्ष्मीकान्त साह , प्र अ इन्द्रदेव प्रसाद कुर्मी , शिक्षक अरुण कुशवाहा , प्रतिनिधि शिव कुमार साह , सुन्दर पण्डित , दिपेन्द्र मिश्रा , प्रमिला रौनियार , आशानन्द साह लगायतको उपस्थिति रहेको थियो भने शिक्षक मुक्लेश गदीले कार्यक्रम सञ्चालन गरेको थियो ।