वीरगन्ज । राष्ट्रिय युवा संघ नेपाल वीरगन्ज महानगरपालिका वडा नम्बर २ को वडा कमिटी गठन गरिएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर २ को छपकैयामा शुक्रबार भएको युवाहरुको भेलाले राष्ट्रिय युवा संघको वडा कमिटी गठन गरेको हो ।
राष्ट्रिय युवा संघ नेपाल वीरगन्ज महानगरपालिका वडा नम्बर २ ले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवंम जिल्ला अध्यक्ष मोहमद निजामले युवाहरु समाज परिवर्तनका संवाहक भएकाले समाजमा हुने हरेक गतिविधिमा युवाहरुको निगरानी हुनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो— युवा त्यो हो जोसंग सुदृढ सपना र त्यसलाई पुरा गर्ने सहास छ । त्यसैले समाजलाई सकारात्क दिसा तर्फ लैजान युवाहरु एक हुन जरुरी छ ।
उहाँले समाज परिवर्तनका लागि युवाहरुलाई एक जुट भएर लाग्न पनि आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो— युवा देश निर्माणको मेरुडण्ड हो । त्यसैले विकास निर्माणका हरेक काममा युवाहरुको सक्रय भूमिका हुन आवश्यक छ ।
उहाँले समाजमा हुने सामाजिक बिकृति र विसंगतीलाई हटाउनका लागि युवाहरुले पहल गर्न जरुरी भएको बताउँदै गलत कार्यबिरुद्ध युवाहरु एक जुट भएर लाग्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो—समाज सुधारका लागि युवाहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।
युवा संघको भेलामा बेल्दै केन्द्रिय सदस्य एवंम जिल्ला सह ईन्चार्ज विश्वराज पटेलले समाजको मुहार पेर्नका लागि युवाहरु एक भएर लाग्नुपर्ने बताउनु भयो।उहाँले भन्नुभयो—युवा देशको कर्णधार भएकाले विकास निर्माणमा युवा सहभागिता हुन जरुरी छ।
उहाँले युवाहरुलाई स्वरोजगार बनाउनका लागि युवा लक्षित कार्यक्रमहरुलाई प्रभावकारी बनाएर लैजानेमा आफूले पनि सहयोग गर्ने बताउनु भयो।उहाँले भन्नुभयो—युवा बेरोजगारीको अन्त्य गर्नका लागि युवा लक्षित कार्यक्रमा जोड दिनेछु ।उहाँले युवा पलायनलाई रोक्नका लागि पहल गर्ने समेत बताउनु भयो।
वीरगन्ज महानगरपालिका वडा नम्बर २ को छपकैयामा भएको युवा संघको भेलाले को विकास सराफको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठन गरेको छ । जसमा उपाध्यक्षमा आकाश चौरसिया , सचिवमा सुवहान मियाँ चयन हुनुभएको छ।
उक्त कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका मधेश प्रदेश कमिटी सदस्य नवराज सेख , भूपेन्द्र साह , जिल्ला कमिटी कोषाध्यक्ष प्रदीप गुप्ता , महानगर कमिटी उपाध्यक्ष अमित खान लगायतको उपस्थिति रहेको थियो ।