अपन राधेमाई युवा क्लवले वीरगन्ज महानगर स्थित रहेको राधेमाई मन्दिरमा भक्तजनहरूको भीड व्यवस्थापन तथा मन्दिर सरसफाई गरेको छ।
विभिन्न पेसा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादसैं पर्व सुरु हुना साथ दिन देखि आज पनि निरन्तर वीरगञ्ज महानगरपालिका वार्ड नं १३ मा रहेको भगवती श्री राधेमाई मन्दिरमा दर्शनार्थीको घुईचो लागन सुरु भएको छ ।
अपन राधेमाई युवा क्लब का सदस्यहरू निकै मिहिनेती र लगनिसिलता को साथ काम गर्दै अगाडि बढिरहेको छ,श्रद्धालु हरुलाई पूजा पाठ गर्न समस्या नहोस् जसको लागि भीडभाड व्यवस्थापन गरिरहेका छन र सरसफाई लाई निरन्तरता दिँदै आइरहेका कुरा क्लब का अध्यक्ष पवन यादवले बताउनु भएको छ।
हिन्दु धर्मावलम्वीहरुको महानपर्व बडादशैं धेरै धूम धामले मनाउने गरिन्छ। घटस्थापना देखि नौ दिनसम्म विभिन्न शक्तिस्वरुपा देवीहरुको पूजागरि मनाईने नवरात्री शुरु भएको छ । शुक्रबार वीरगञ्जको प्रसिद्ध अर्को शक्तिपीठ भगवती श्री राधेमाई मन्दिर लगायत देशभरका शक्तिपीठहरुमा भक्तजनहरुको घुईचो लागेको छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैं घर घरमा हर्स उलास खुशी सँगै सुरु हुन्छ ।यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैंको पहिलो दिन देखि नै घरका पूजा कोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।
कुल परम्परा अनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधीका रुपमा समेत प्रयोग गरिन्छ । जमराको जुस विभिन्न रोगमा औषधिको रुपमा सेवन गर्ने गरिएको छ ।