विरगंज १६ माघ धर्मेन्द्र प्रसाद यादव
छिपहरमाई गाउँपालिकाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज रक्तदान जिवन दानको मूल नाराका साथ पर्साको छिपहरमाई गाउँपालिका वडा नः ५ भिस्वामा रहेको गाउँपालिका कार्यालय परिसरमा भएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन ।नेपाल रेडक्रस सोसाइटी,पर्सा अन्तर्गत रहेको ब्लड बैंकको प्राविधिक सहयोगमा आयोजना गरिएको थियो ।उक्त कार्यक्रममा रक्तदान गर्नेहरुमा स्वास्थ्य संयोजक शम्भु साह ,९गाउँपालिका प्रहरी गुडु गुप्ता, प्रमानंद यादव,० ९ सनी कुमार, बिकाउ साह कानु,मनीलाल साह कानु , मनोज कुमार पटेल , प्रेम प्रसाद शर्मा,अमृत कुमार कलवार,मुकेश प्रसाद कानु,सत्रूधन यादव, उर्मिला पौडेल, पुतली बिक,रुपेश कुमार ,मंजूर आलम,टुना महतो केवट , वीरेन्द्र महतो केवट ,बिकी कुमार ,तबरेज आलम ,लालमहम्मद आलम , भोला साह कानु ,मुन्ना प्रसाद साह,राजेश राउत कुर्मी, देवनाथ साह कलवार,निपु कुमार तिवारी,भुपेन्द्र साह कानु, सुनी कुमार, संजय साह,मुकेश कुमार चौरसिया,अर्जुन दास तत्वा रहेका छन् ।नियमित रक्तदान कार्यक्रम आयोजना भएन भने ब्लड बैंकमा रगतको अभाव हुन जान्छ र जसले गर्दा सुत्केरीसहित विभिन्न दुर्घाटनामा परेको उपचारमा समस्या हुन्छ र त्यसैले कोही पनि रगतको अभावमा जान गुमाउन नपरून र मानवीय सेवा गरौं भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष श्री मनोज गुप्ताले बताए ।रक्तदान गर्नेहरुको रगतले कसैको जिवन बाच्न सक्छ त्यसैले सबैले मानवीयताको भावना राखेर रक्तदान गर्नुपर्ने ब्लड बैंकका प्रबिधिक अधिकृत सौरभ राज पाण्डेले बताए र कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा अन्तर्गत रहेको ब्लड बैंकका प्रबिधिक अधिकृत सौरभ राज पाण्डे र जितेन्द्र कुशवाहाले प्राविधिक सहयोग गरेका थिए।