वीरगन्ज । पर्सा जिल्लामा सत्ता पक्षको गठबन्धनमा नेपाली कांग्रेसले सत्ता गठबन्धनलाई नमानी आफु र आफ्नो पार्टी कसरी जिताउने हो भने लागि परेका छन् । नेपाली कांग्रेसका उम्मेदवार नभएको ठाउँमा नेपाली कांग्रेसबाट स्वतन्त्र उम्मेदवार बनाई कसरी जिताउने हो भने लागि परेका छन् । सत्ता गठबन्धन तर्फबाट चुनाव लडेका अरु पार्टीको उम्मेदवारको वस्ता नगरी आफु र आफ्नो स्वतन्त्र उम्मेदवार कसरी जित्ने हो भने त्यो कार्यमा अहिले नेपाली कांग्रेस पर्सा सक्रिय भएर लागेको छ ।
सत्ता गठबन्धनमा नेपाली कांग्रेसको कतिको इमान्दारिता:-
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा सत्ता गठबन्धन तर्फबाट लोसपाबाट लक्ष्मणलाल कर्ण उम्मेदवार हुन भने नेपाली कांग्रेसका अजय द्विवेदी उनका बागी उम्मेदवार हुन । क्षेत्र नं १ को (क)मा सत्ता गठबन्धन तर्फबाट माओवादी केन्द्रका रहबर अंसारी उम्मेदवार हुन भने नेपाली कांग्रेसका सुधिर पटेल उनका बागी उम्मेदवार हुन । क्षेत्र नं १को (ख)मा सत्ता गठबन्धन तर्फबाट नेपाली कांग्रेसका रामनारायण कुर्मी उम्मेदवार हुन भने सत्ता गठबन्धनको तर्फबाट बागी उम्मेदवार छैनन् ।
निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका अजय चौरसिया उम्मेदवार हुन भने सत्ता गठबन्धनको तर्फबाट उनका बागी उम्मेदवार छैनन् । क्षेत्र नं २ को (क)मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका श्याम पटेल उमेदवार हुन् भने सत्ता गठबन्धनको तर्फबाट उनका पनि बागी उम्मेदवार छैनन् । क्षेत्र नं २ को (ख)मा सत्ता गठबन्धनको तर्फबाट लोसपाका रमेश कुर्मी उम्मेदवार हुन भने सत्ता गठबन्धनको तर्फबाट उनका बागी उम्मेदवार छैनन् ।
निर्वाचन क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सुरेन्द्र चौधरी उम्मेदवार हुन भने सत्ता गठबन्धनको तर्फबाट उनका बागी उम्मेदवार छैनन् । क्षेत्र नं ३ को (क)मा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका छोटेलाल यादव उम्मेदवार हुन भने नेपाली कांग्रेसका चन्दकिशोर चौधरी उनका बागी उम्मेदवार हुन । स्रोतका अनुसार चन्दकिशोर चौधरीलाई सत्ता गठबन्धनबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार नेता सुरेन्द्र चौधरीले नै स्वनन्त्र उम्मेदवारका रूपमा बागी उम्मेदवार बनाएका हुन् । थारु समुदायको भोट लिनका लागि सुरेन्द्र चौधरीले चन्दकिशोर चौधरीलाई आफु सहयोग गर्ने बताएर बागी उम्मेदवार बनाएका हुन् ।
यति मात्र होइन नेता सुरेन्द्र चौधरीले गएको कार्तिक १२ गते अन्दाजी बिहान ८:३० बजे देखि १० बजे सम्म आफ्नो निज निवास विरगंजको श्रीपुरमा क्षेत्र नं ३ को (क) बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रमोद जैसवाल र उनका भाइ सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जैसवाललाई बोलाई मीटिंग गरेका हुन् । मिटिङमा स्वतंत्र उमेदवार प्रमोद जैसवाललाई पनि सहयोग गर्ने बचन दिएका हुन् । उक्त मीटिंगमा स्वतन्त्र उम्मेदवार जैसवाललाई आफु जीव धनले सहयोग गर्ने र तपाईंहरुले पनि मलाई सहयोग गर्नु कुरामा नेता सुरेन्द्र चौधरीले बचनबाद्ध भएका हुन् भने स्रोतले जनाएको छ।
उक्त मिटिङ्गमा दिनेश चौधरी , शैलेन्द्र यादव , श्रीकिशुन चौहान लगायतको उपस्थिति रहेको थियो । यो कुरा गएको कार्तिक १२ गते बिहान ८ बजे देखि १० बजे सम्म नेता सुरेन्द्र चौधरी र प्रदीप जैसवाल चढने गाडी नेता सुरेन्द्र चौधरीको निवास अगाडि पार्किंग गरी राखिएकोले पनि प्रमाणित गर्दछ ।
त्यस्तै क्षेत्र नं ३ को (ख)मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जनार्धन सिंह क्षेत्री र नेकपा एकीकृत समाजवादी पार्टीका प्रह्लाद गिरी उम्मेदवार हुन । दुवै जना उम्मेदवारहरुले आफु सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार भएको बताउंदै आएका हुन् । केही दिन अगाडि बिन्दबासिनी गाउँपालिकाको बहुआर्वामा मुकेश चौरसियाको स्मृति कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका नेता नागेन्द्र चौधरीले सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार प्रह्लाद गिरी भएको भन्दै गर्दा कांग्रेस समर्थकहरुले उनको हाथबाट माइक खोसी दुर्वयवहार गरेका थिए । माइक खोसेका भन्दै ३० मिनेट जति कार्यक्रम रोकिएको थियो । यो कुराले नेपाली कांग्रेस पर्साले आफु जित्ने र दादागिरी गर्दै आएको यो कुराले देखाएको छ ।
निर्वाचन क्षेत्र नं ४ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रमेश रिजाल उम्मेदवार हुन भने सत्ता गठबन्धनको तर्फबाट उनका बागी उम्मेदवार छैनन् । क्षेत्र नं ४ को (क)मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका शंकर चौधरी उम्मेदवार हुन भने माओवादी केन्द्रका वीरेन्द्र यादव उनका बागी उम्मेदवार हुन । क्षेत्र नं ४ को (ख)मा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका शेखचन्द तारा उम्मेदवार हुन भने सत्ता गठबन्धनको तर्फबाट उनका बागी उम्मेदवार छैनन् ।
यस विषयमा बुद्धिजीवि , सामाजिक अभियन्ता संग भुझदा पर्साको निर्वाचन क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका लक्ष्मणलाल कर्ण , निर्वाचन क्षेत्र नं ३ को(क)बाट उम्मेदवारी दिएका छोटेलाल यादव र निर्वाचन क्षेत्र नम्बर ४ को (ख)बाट उम्मेदवारी दिएकी शेखचन्द तारासंग ठूलो घात हुने सम्भावना रहेको छ । सत्ता गठबन्धनले ई उम्मेदवारहरुलाई कुनै कीमतमा सहयोग नगर्ने स्रोतको दाबी छ।