वीरगञ्ज । आउँदो मंसिर ४ हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा पर्सा क्षेत्र नम्बर ३ मा नेकपा एमालेका प्रतिनिधीसभा सदस्य उम्मेदवार राजकुमार गुप्ता प्रति मतदाताहरुको जनलहर र आकर्षण बढ्दै गएको छ । नेता गुप्ताले आज पटेर्वासुगौली गाउँपालिका वडा नं ३ को हर्जोता , पथरैया , सुगाली , फरदवा , देकुली , पटेर्वा भतौडामा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन ।
घरदैलो कार्यक्रम मै विभिन्न पार्टी नेता तथा कार्यकर्ताहरुले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरिरहेका छन् । आज पटेर्वासुगौली गाउँपालिकामा नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी नेता हेमन्त चौधरीले नेकपा एमाले प्रवेश गरेका छन् ।
घरदैलो कार्यक्रमको क्रममा झूठा आश्वासन दिने नेतालाई आफ्नो मत नदिन नेता गुप्ताले आग्रह गरेका हुन । विगतका दिनमा ३ चोटी चुनाव जितेर मन्त्री पनि भइसकेका नेताले केही गर्ने सकेका छैन र फेरि पनि उनी सक्रिय भई ठूला ठूला भाषण गर्दै गरेका छन् यो बनाई दिन्छु त्यो बनाई दिन्छु तीन चोटी त जितेर केही गर्न सकेन फेरि पनि गर्दैन त्यसैले त्यस्ता फटाहा नेता संग सावधान हुन नेता गुप्ताले आग्रह गरेका हुन् ।
चुनावी घरदैलोका क्रममा क्षेत्रहरुको गाउँ गाउँमा पुग्दा नेता गुप्ताको समर्थनमा मतदाताहरुले समर्थन गर्दै स्वागत गरिरहेका छन् र यस पालि गुप्तालाई नै जिताउने हो भने भनिरहेका छन् । यसपालि आफुहरुको रोजाइ गुप्ता नै भएको बताइरहेका छन् । उनिहरुले पर्सा- ३ मा गुप्ताको सामु कुनै पनि उम्मेदवार प्रतिस्पर्धामै नरहेको भन्दै गुप्ताको जित सुनिश्चित रहेको मतदाताहरुले जिकिर पनि गरिरहेका छन् ।
उक्त कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार मंजूर अंसारी , नेकपा एमालेका नेता तेजप्रकाश निषाद , मोहमद निजाम , मन्तुरा देवी , फरमान अंसारी, लगायतको उपस्थिति रहेको थियो ।