वीरगन्ज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाल कम्युनिष्ट पार्टी एमालेको लहर चलेको छ । क्षेत्र नं ३ मा दैनिक ५०० जनाले नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र , एकिकृत समाजवादी पार्टी , लोसपा नेपाल लगायतको पार्टी परित्याग गरी धमाधम नेकपा एमालेमा प्रवेश गरिरहेका छन् ।
नेकपा एमाले पर्सा क्षेत्र नं ३ कमिटीले आज आयोजना गरेको विभिन्न ठाउँमा पार्टी प्रवेश कार्यक्रम ५०० जनाले विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको प्रदेश कमिटी सदस्य एवं निर्वाचन परिचालन कमिटीको संयोजक शिव पटेलले बताए ।
बिन्दबासिनी गाउँपालिकाको वडा नं १ गर्दौलमा भएको पार्टी प्रवेश कार्यक्रम लोसपा नेपाल पर्साका प्रभावशाली नेता एवं बिन्दबासिनी गाउँपालिकाका वर्तमान अध्यक्ष प्रमोद तिवारीका छोरा निमेष तिवारीले लोसपा नेपाल पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । निमेष तिवारीसँगै उनी निकट रहेका पर्सा क्षेत्र नं ३ का नेता तथा कार्यकर्ताहरुले गर्दौलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा आएर उनी सँगै प्रवेश गरेका छन् । तिवारी सँगै दुई सय जनाले पार्टी प्रवेश गरेका छन् ।
यस्तै बिन्दबासिनी गाउँपालिकाको वडा नं ५ प्रसौनीमा आयोजित पार्टी प्रवेश कार्यक्रम नेपाली कांग्रेस पार्टी परित्याग गरी मुन्ना गुप्ताको नेतृत्वमा सय जनाले नेकपा एमालेमा प्रवेश गरेका छन् । नेता मुन्ना गुप्तालाई पार्टी प्रवेश गराउन नेकपा एमालेका नेता बबलू गुप्ताको सक्रियता रहेको पूर्व गाउँपालिका उपाध्यक्ष किरण देवी गुप्ताले बताइन् ।
यस्तै पकाहाँमैनपुर गाउँपालिकाको वडा नं २ सुर्जहामा आयोजित वडा स्तरीय भेलामा उपस्थित भई नेपाली कांग्रेस पार्टीका सक्रिय सदस्य जगदीश प्रसाद साहको नेतृत्वमा ५० जनाले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
यस्तै बहुदरमाई नगरपालिका वडा नं ७ का नेपाली कांग्रेस पार्टी पर्साका प्रभावशाली नेता सुरेन्द्र प्रसाद कुशवाहाको नेतृत्वमा सय जनाले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
यस्तै पोखरीया नगरपालिकाको वडा नं ६ सत्वरीयामा भएको कार्यक्रममा नेपाली काँग्रेसका प्रभावशाली नेता शैलेश कुमार साहले पार्टी प्रवेश गरेका छन् ।
यस्तै पोखरीया नगरपालिकामा भएको एक कार्यक्रममा नेपाली कांग्रेस पार्टी पकाहामैनपुर गाउँपालिका वडा नं २ का सक्रिय सदस्य एवम् पञ्चायत कालका पञ्च समेत रहेका रामाकान्त साह तेली र महन्थ महतो कोइरी सहित पचास जनाले नेपाली कांग्रेस पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
सम्पूर्ण नवप्रवेशीहरुलाई नेकपा एमालेका केन्द्रिय सदस्य एवं पर्सा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राजकुमार गुप्ताले अबीर , खाँदा लगाई पार्टीमा स्वागत गरेका हुन । नेपाली कांग्रेस पार्टी र यो गठबन्धनको सरकारले देशको आर्थिक संकट , देशको बिकाश समृद्धि नहुने भएकोले हामी सबै जनाले आज देखि नेपाली कांग्रेस पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेको बताएका छन् ।
कार्यक्रम सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार राजकुमार गुप्ताले देशमा भएको मलखादको पूर्ति गर्न नसकेको सरकारले देशमा मलखादको फ्याक्ट्री सञ्चालन गर्ने कुरा हाँस्यपद रहेको बताए । देशको बिकाश समृद्धि नेकपा एमाले मात्र गर्ने सक्ने आट राखेको पार्टी भएको बताउंदै अब हुने प्रतिनिधि सभा सदस्य एवं प्रदेश सभा सदस्य पदको निर्वाचनमा सूर्य छापमा मतदान गर्न आग्रह गरे ।