विसुनदेव सरदार
लहान । पछिल्लो समयमा र अहिलेको समयमा लहानमा जो कोही निर्वाचित भएर आएता पनि खासै फोहोर व्यवस्थापन तर्फ ध्यानाकर्षण देखिएको छैन । पहिल्ला पहिल्ला सुन्दरी नगरीको रुपमा चिनिने लहान नगरलाई अहिले फोहोरी नगरी बनेको देखिएको छ।
अहिले लहान नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएको झन्डै १ वर्ष पूरा हुन लागेका छन । तर, नगर प्रमुख देखि लिएर निर्वाचित जनप्रतिनिधिहरु काममा नभई कुरोमा मात्र सीमित देखिएको छ।
यो सँगै फोहोरको उचित व्यवस्थापनमा लहान नगरपालिका कार्यालय उदासीन देखिएको छ। अहिले लहान बजारको गोलचक्र , अस्पताल चौक, हरेक गल्ली कुच्ची , बाटोघाटो जतात्यतै धुलैधुलो फोहोर सँगै नहरमा कालोपानीले गर्दा लहान नगरपालिका यतिबेला दुर्गन्धित फोहोरी नगरमा परिणत भएको देखिएको छ।
यसको प्रत्यक्ष मार र चपेट्टामा नगरबासी र लहान बस्नेहरुले भोगिरहेका छन। दुर्गन्धित लहानभए पछि स्वासप्रस्वासको समस्या , ज्वरो , डायरिया, रुघाखोकी , लगायत अनेकन स्वास्थ्य सम्बन्धि समस्या आउने गरेका छन ।
तर, यहाँका नगर प्रमुख , प्रमुख प्रशासकीय अधिकृत लगायत कुनै पनि निकायले यसको रोकथाम तथा नियन्त्रणमा कुनै ठोस पहल चालिएको देखिएको छैन ।
लहान नगर प्रमुख जतिबेला पनि कामभन्दा कुरो अनि स्वदेश तथा विदेश भ्रमणमा धुम्न , जत्तिबेलापनि व्यस्त हुन्छ । तर, जनताले वहाँप्रतिको आशा , भरोसा बोकेको सबै निराशाजनक बन्दै गरेको छ।
लहानमा नगरसभा हुदाँ जिल्लाका सबै स्थानीय तहहरुमध्ये सबैभन्दा बढी बजेट पास हुने स्थानीयमध्ये लहान पहिलो नगर हो , तर जनप्रतिनिधि "खाउ" भएपछि न त विकास , न त बजेट अत्तोपत्तो नरहेको लहानका स्थानीयहरुले अभिव्यक्ति दिइएका छन।