वीरगंज, फागुन ७
पर्साको पोखरिया नगरपालिका वडा न।६ श्रिसिया निवासी विपन्न परिवारका शम्भु हजरा दुशादको ६ वर्षिय छोरा किशन कुमार पासवानको उपचारको लागि सहयोग रकम जुटन थालेको छ ।
मृगौलामा समस्या देखिएको बालकको काठमाडौंस्थित कान्ति बाल अस्पतालको बेड नं।१५५ मा उपचार भइरहेको छ । गरिब र विपन्न परिवारका ति बालकको उपचारको लागि हाल सम्म कूल रु। ६२ हजार ४ सय २६ सहयोग रकम संकलन भएको पोखरिया युवा समाजका उपाध्यक्ष दिनेश मिश्राले जानकारी दिए ।
उनका अनुसार पोखरिया युवा समाजको पहलमा हाल सम्म वीरगंज माइस्थानका अजय सर्राफ ५ हजार, तबरेज देवान ५ हजार, श्रीसियाका परमेश्वर गिरी ५ हजार ४ सय १५, पोखरियाका राजकिशोर रौनियारले ३ हजार, जस्टीन श्रेष्ठ ३ हजार, आलोक मिश्रा, पोखरियाका अमित श्रिवास्तव, अभास रौनियार, डा। अशोक राज ठाकुर, बनकटवाका विजय सिंह चौहान २र२ हजार, रामगढवा असलम अंसारी एक हजार ५ सय, मानिपुरका दिलिप पाडेंले एक हजार एक सय, धामु शर्मा एक हजार एक सय, रामनाथ चौरसिया एक हजार ५१ सहयोग गरेका छन् ।
त्यसैगरी, वीरगंज राधेमाईका दिपेश कार्की, अरुण शुक्ला, राधेश्याम शर्मा, बसन्तपुरका रामनाथ चौरसिया, बनकटवाका शेषमन पटेल, नारायणी सिमेन्टका बलिराम यादव, बिरन्चीबर्वाका तेजेन्द्र माली, मनिभुषण महतो, प्रदिप राउत, विजय यादव, दिपेश शर्मा जबरा जयराम पटेलले रु एकरएक हजार सहयोग गरेका छन् ।
यस्तै, एक दर्जन भन्दा बढीले पनि रु ५ सय र सो भन्दा कम सहयोग गरेका छन् ।