वीरगन्ज । पर्साको बिरगंज चिनिमिल आवास क्षेत्र अगाडि रहेको गुरुकुल एकेडमी बोर्डिङ स्कुलले विद्यार्थीहरुलाई शारीरिक र मानसिक रूपमा यातना दिँदै आएको एक अभिभावकले बताएका छन् ।
गुरुकुल एकेडमी बोर्डिङ स्कुल वीरगन्जले आन्तरिक परीक्षाको नाउँमा मात्र पैसा असुल्ने काम गरेको छ । विद्यालयका कर्मचारी तथा शिक्षकहरूले आंतरिक परीक्षाको नाममा विद्यार्थीहरुलाई कक्षा कोठामा शुल्क तिर्न धाकधम्की समेत दिँदै आएका छन् । यति मात्र होइन कक्षा संचालन हुनु भन्दा अगाडि विद्यार्थीहरुलाई कक्षा कोठा बाहिर लगेर घण्टौं उभाइय शारीरिक यातना दिँदै आएको एक अभिभावकले बताए ।
अभिभावक अनुसार म अहिले काठमाडौं छु मेरो छोरालाई हिजो कक्षा कोठामा मानसिक रूपमा यातना दिई भोलि सम्म जसरी भए नी शुल्क तिर्नु पर्ने भनेका थिए । छोरा घर फर्के पछि हामीलाई जानकारी गरायो जानकारी पाए पछि मैले कुरा गरी २८ गते देखि परीक्षा सञ्चालन हुने हो म २८ गते भित्र आएर शुल्क तिर्न भने पनि आज मेरो छोरालाई बाहिर घण्टौं उभ्याई शारीरिक र मानसिक यातना गुरुकुल एकेडमी बोर्डिङ स्कुलले दिएको छ ।
मेरो छोरा जस्तो कति विद्यार्थी हरुलाई गुरुकुल एकेडमीका कर्मचारी तथा शिक्षकहरूले यस्तै गरी शारीरिक र मानसिक यातना दिई रहेका छन् कति विद्यार्थीहरुले डरका कारण आफना अभिभावकलाई समेत जानकारी गराएका छैन ।
गुरुकुल एकेडमी बोर्डिङ स्कुलको शुल्क आतंकका कारण अभिभावक तनावमा छन् । परीक्षा सञ्चालनका लागि पुरा गर्नुपर्ने न्यूनतम कोर्स भने पुरा भएको छैन । तर स्कुलले कुनैपनि पठन पाठनमा सामेल नभएका विद्यार्थीलाई एक्कासी अर्धवार्षिक परीक्षामा सामेल गराउने र सोही परीक्षाको निहुँमा मनपरी शुल्क असुल्ने माध्यम बनाएको देखिन्छ ।
बोर्डिङ स्कुलमा राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा ब्यापारी र नागरिक अगुवाको समेत ठूलो लगानी रहेको छ। पहुँचवाला ब्यक्तिकै लगानीमा सञ्चालित बोर्डिङ स्कुलले सरकारी नीति/नियम र अभिभावकको भावनालाई लत्याउँदै मनपरी गरिरहेका छन् ।
अर्ध वार्षिक परीक्षाका नाममा शुल्क लिनु विद्यालयको धन्दा मात्रै हो । “विद्यालयले अर्ध वार्षिक परीक्षाको नाममा व्यापार गरिरहेका छन् ।” भने एक अभिभावकले बताए।