२५० बर्षदेखि राजाले यो देशमा एकल नेतृत्व गर्यो तर धर्म माफिया तथा पुरोहितहरुको ईसारामा देशको नियम संचालन गर्थ्यो। जहाँ जातकै आधारमा, लिंगकै, आधारमा, बर्गकै आधारमा फरक अधिकार र व्यवहार हुन्थ्यो। उत्पिडत समुदाहरुका लागि न्यायका व्यवस्था खासै थिएन। निरंकुश पञ्चायती व्यवस्थाको आगोमा उत्पिडित समुदायहरुलाई जलेर बाँच्न मजबुर बनाउने गर्दथ्यो।
नेपाली कांग्रेसले पनि करिब ७० बर्षदेखि देशको राज्य सत्तामा नेतृत्व गरिरहेका छन तर ब्यक्तिगत लोकतन्त्र मात्र ल्याउन सफल भयो। उत्पिडत समुदाहरुका चिंतन कसैले गरेनन।
ने क पा एमालेले कम्युनिष्ट विचारधाराको तहत सरमजिबी बर्गलाई अलि अलि जागरुक गरायो तर खासै न्याय दिलाउन सफल भएन। समस्याहरु यथावत नै रह्यो।
बिकल्पको रुपमा माओवादीको जन्म भयोे र दश बर्षको जनयुद्ध पछि सत्ता हथ्याउन सफल भएपनि जनतालाई देखाएका सपनाहरु बिर्से। कैयौँ हजार सहिद भए तर वास्तविक गन्तव्य प्राप्त भएनन्।
बैमनस्यता लाई पराजय गर्नका निमित्त उपेन्द्र यादव ज्युको नेतृत्वमा मधेश बिद्रोह भयो। जुन जनताले नै गरेका थिए। मधेशका धेरै संतानहरु बिरगति पनि प्राप्त गरे। तत्पश्चात देशमा समानुपातिक समावेशीता, नागरिक स्वतन्त्रता, धर्म निरपेक्षता लगायतका मुद्दाहरु सम्बोधन भयो र केहि मुद्दाहरुका लागि जनता समाजवादी पार्टी, नेपाल आजपनि संघर्ष गरिरहेका छन। ज स पा ले ल्याएका समावेशीताको दुरुपयोग आर्जु राणा, बिमलेन्द्र निधि लगायतका जस्ता देशका लुटेराहरुले गरेर संघियतामा कतराको घण्टी बजाईरहेका छन।
बालेन साह, रबि लामिछानेहरु जस्ता नेताहरु तरकभडक देखाएर संघियता खारेज गर्ने षड्यन्त्र गरिहेका छन। उपेन्द्र यादव जस्तो संघियताको ंस्थापकलाई पराजय गराएर देशलाई कमजोर बनाउने दुष्साहस भईरहेको छ।
आदरणीय जनता मालिकहरु संग मेरो बिनम्र अनुरोध छ कि देशभरिकै उत्पिडित समुदायहरु एक होऔं र हामीले प्राप्त गरेका अधिकारहरुलाई जोगाऔं। साथै प्राप्त गर्न वाँकि अधिकारका लागि संघर्ष गरौ। अनिमात्र देशको समृद्धि सम्भव छ।
अजय निराला
प्रदेश बागमती सचिव