पोखरा । तराई विद्यार्थी सेवा समाज पोखरा विश्व विद्यालयले सरस्वति पूजाको दिन संस्कृति मेला २०७९ अयोजना गर्दै नेपालका चर्चीत हास्य क्लाकार आदर्श मिश्रा आउने जानकारी आज पोखरा विश्व विद्यालयमा एक समारोह बीच यस कार्यक्रमका संयोजक शंकर शाहले जानकारी दिएका छन् ।
यस संस्कृति मेला २०७९ को पूर्व कार्यक्रमहरु पौषको तेस्रो हप्ता देखी अयोजना गर्दै माघ १२ गते सरस्वति पुजाको दिन समापन गर्ने योजना रहेको जानकारी आयोजकले आजको समारोहमा जानकारी दिएका छन ।
पूर्ब कार्यक्रमहरुमा सुपर सिक्स क्रिकेट प्रतियोगिता , अन्लाइन सांस्कृतिक भीडीयो प्रतियोगिता , सांस्कृतिक हाजीर जवाफ प्रतोयोगिता , सांस्कृतिक बकत्रित्वकला , टग अफ़ वार , ट्रेजर हंट प्रतियोगिता , फ्ल्याश मोव , सरसफाइ कार्यक्रम र सरस्वति पुजको दिन माघ १२ गते बिभिन्न सांस्कृतिक कार्यक्रम साथसाथै सांस्कृतिक कलाहरु झलकाउने कार्यक्रमहरु अयोजना गर्दै सांस्कृतिक कार्यक्रम टूङग्याउने योजना रहेको जानकारी कार्यक्रमका व्यवस्थापक शत्रुधन शाहले जानकारी दिएका छन ।
पोखरा विश्व विद्यालयको इतिहासमा पहिलो पटक हुन लागेको यस कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न साथ दिनुहुन कार्यक्रमका निर्देशक ज्ञानेन्द्र त्रिपाठीले कार्यक्रममा भनेका थिए ।
यस कार्यक्रमको किरु इंजिनियरिङ कन्सलटेंसी , गोल्ड प्रयोजक भेनस इंटरनेशनल कन्सलटेंसी , स्पेसल प्रायोजकमा होटल सत्कार , रोबर्ट इन्वेस्टमेंट ,२०-२०रेस्टुरेन्ट ,लियो क्लब अफ़ जनकपुरधाम,अन्नपूर्ण ल्याब, फारेस्ट स्पोर्ट्स अरेना,सेज बिजनेस इंटरप्राइजेज् ,सामाजिक केंद्र नेपाल ,गोदार मार्ट र सिल्वर प्रयोजकको रूपमा ईदु हब एज्युकेशन फाउंडेशन रहेका छन् ।
कार्यक्रममा व्यवस्थापक सङ्ख्याका डीन दया राज ढकाल , पोखरा विश्व विद्यालय अनुसन्धान केंद्रका संस्थापक निर्देशक उमेश गुप्ता, पोखरा विश्व विद्यालय टीचिंग हॉस्पिटलका निर्देशक दिपेन्द्र यादव ,विद्यार्थी कल्याणकारी तथा अतिरिक्त क्रियकलापका निर्देश युबराज त्रिपाठी,स्कूल ऑफ़ हेल्थ एंड साइंसका इन्स्ट्रक्टर भूपेंद्र शर्मा ,परीक्षा समितिका सदस्य राजू पांडे ,प्राध्यापक संघका कोषाध्यक्ष रिषब खनालको ,सांस्कृतिक कार्यक्रमका सल्लाहकार् नमन राज शाह उपस्थिति रहेको थियो।