बिन्दबासिनी । पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं ५ प्रसौनी भाठ्ठामा बालविवाह तथा दाइजो प्रथा बिरुद्ध तालिम सम्पन्न भएको छ ।
बिन्दबासिनी गाउँपालिका उपाध्यक्ष ज्योती चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व उपाध्यक्ष किरण देवी , विशिष्ट अतिथिमा शिक्षा शाखा प्रमुख कपिल लामिछाने , विपत तथा वातावरण शाखा प्रमुख रामप्रवेश साह ,विक्रमजित प्रसाद साह रहनु भएका थिए ।
कार्यक्रममा मन्तब राख्दै गाउँपालिका उपाध्यक्ष चौरसियाले बाल विवाह तथा दाइजो प्रथा बिरुद्ध हुने गरेको तालिम अहिलेको अवस्थामा बालबालिका , युवा र महिला दिदिबहिनीहरुको लागि अति आवश्यक रहेको बताउनु भयो । बाल विवाह तथा दाइजो प्रथा सामाजिक अपराध हो ।
बाल विवाह तथा दाइजो प्रथाकाे कारणले कयौं घरबार तहसनहस भइसकेको छ । याे समाज बिकाशकाे अवराेधक हाे । त्यसैले यसप्रकारका बाल विवाह तथा दाइजो प्रथा समाजबाट हटाउनुपर्छ र अरुलाई पनि यससम्बन्धी आफूले थाहा पाएकाे सुचना र जानकारी प्रदान गरी जिम्मेवार नागरिकको परिचय दिनुपर्छ ।
बालबालिकामा भएको क्षमताहरुलाई विकास गर्दै बालबालिकालाई सकारात्मक बाटो तीर लैजान अभिभावक र साथीहरू ठुलाे भुमिका खेल्दछन । साथै यस्ता बाल विवाह तथा दाइजो प्रथा बिरुद्ध सचेतना कार्यक्रम समय समयमा गर्न एकदमै जरुरी रहेकाे बिचार राख्नु भएको थियो ।
गाउँपालिका पूर्व उपाध्यक्ष गुप्ताले मन्तव्य राख्दै बाल विवाह तथा दाइजो प्रथा विरुद्धको कार्यक्रम गर्नुको उद्देश्यवारे प्रष्टयाउनु भएको थियो र बाल विवाह तथा दाइजो प्रथा न्यूनीकरण गर्न हामी एक्लैले मात्र नसक्ने हुँदा सर्वपक्षीय प्रयास हुनु पर्नेमा जोड दिए । त्यसैगरी कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामिछानेले यस प्रकारका कार्यक्रमले समाजमा सकारात्मक सन्देश जाने, थोरै भएपनि बाल विवाह तथा दाइजो प्रथा न्यूनीकरण हुने अपेक्षा राखेको बताए ।
जिल्लाका ग्रामीण क्षेत्रमा हुने बाल विवाह नियन्त्रण, त्यसका विरुद्ध सचेतना वृद्धि गर्ने, अविभावकलाई जागरण गराउने र बालविवाहको उजुरी गर्ने पद्धती विकास गर्ने मुल उद्देश्यका साथ आयोजित उक्त कार्यक्रम आगामी दिनमा समेत निरन्तर संचालन गरिने पालिका कार्यालयले जनाएको छ ।
उक्त कार्यक्रममा ४० जना महिला सहित स्थानिय बासीहरुको सहभागिता रहेको थियो ।