वीरगञ्ज । बीरगञ्ज महानगरपालिकाको आम सञ्चार माध्यम नियमन तथा प्रवद्र्धन समितिले स्थानीय पत्रपत्रिकालाई संरक्षण र प्रबद्र्धन गर्ने उद्देश्यले बिहीबार अन्तरक्रिया कार्यक्रम गरेको छ । महानगरपालिकाले दिँदै आएको लोक कल्याणकारी विज्ञापन र सूचनालाई व्यवस्थित र पारदर्शी ढंगले समानुपातिक रुपमा वितरण गर्ने उद्देश्यले पत्रिकाहरुको समस्या र महानगरपालिकाले गर्न सक्ने समाधानको विषयमा छलफल भएको हो ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकी अधिकृत लक्ष्मी प्रसाद पौडेलले यहाँबाट प्रकाशित पत्र पत्रिका, अनलाईन, रेडियो, टेलिभिजनलाई व्यवस्थित गर्दैै उनीहरुको संरक्षण र सम्बद्र्धनका लागि महानगरपालिकाले देशमै पहिलो पटक ऐन, नियम, कानुन बनाएर सहयोग पु¥याउँदै आएको बताउनु भयो ।
कार्यक्रममा प्रतिक दैनिकका प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार जगदीश शर्माले महानगरले सुरुवात गरेको अभियान सह्रानीय भएको बताउँदै पत्र पत्रिकालाई गुणस्तरीयताका आधारमा वर्गिकरण गरी महानगरपालिकाबाट प्राप्त सहयोगलाई पारदर्शी रुपमा वितरण गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पत्रिकाका संचालकहरुले महानगरपालिकाले दिँदै आएको लोककल्याणकारी विज्ञापन वापतको भुक्तानी लामो समय देखि रोकिएको र यसले पत्र पत्रिकाहरु अप्ठ्यारोमा परेको भन्दै चाँडै रकम निकासा गरिदिन आग्रह गरेका थिए । साथै सबै पत्रिकालाई एउटै टोकरीमा हालेर व्यवहार गरिएको भन्दै अब समाचार सामग्रीका आधारमा वर्गिकरण गरी त्यही अनुरुपको रकम दिने व्यवस्था मिलाउन पनि आग्रह गरे ।
दैनिक र साप्ताहिक पत्रिकाका संचालक तथा सम्पादकहरुसँग पहिलो र दोस्रो सत्रमा गरेर सुझाव लिइएको थियो ।
पहिलो सत्रको कार्यक्रममा वीरगंजबाट प्रकाशित दैनिक पत्रिकाका सम्पादक, प्रकाशकहरुको सहभागिता रहेको थियो भने दोश्रो सत्रको कार्यक्रममा साप्ताहिक पत्रिका सम्पादक, प्रकाशकहरुको सहभागिता रहेको थियो ।
वीरगञ्ज महानगरपालिका सूचना शाखाका प्रमुख शम्भु कुशवाहाले सहजिकरण गर्नु भएको कार्यक्रममा नगर प्रमुखका प्रेस सल्लाहकार महेश दास, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, प्रवद्र्धन समितिका मनोज पटेल, अमित अग्रवाल, मुस्कान श्रेष्ठ, माधुरी महतो, वृजलाल पासवान लगायतको सहभागिता रहेको थियो ।