वीरगन्ज । पर्साको बिन्दबासिनी गाउँपालिका वडा न १ गर्दौल र हरिनगरमा शनिवार कम्बल वितरण गरिएको छ ।
बिगत केहि दिन मधेशमा चिसो बढेकोले जनजीवन प्राभावित हुन् थाले पछि पर्साको बिन्दबासिनी गाउँपालिकाको वडा न १ को वडा स्तरी बजेट बाट १५० जना एकल महिला,एकल पुरुष , अपाङ्ग , अति विपन्न र बृद्ध वृद्धालाई कम्बल वितरण गरिएको छ ।
कम्बल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले सामाजिक उतरदायित्व र चिसो बढे संगै बृद्ध वृद्धाहरुलाई पर्ने समस्यालाई समाधान गर्नु निमित एउटा बैकल्पिक उपाय निकालेर वडाको बजेट बाट र गाउँपालिकाको बजेटबाट यस्ता कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्दै जाने बताए ।
वडा अध्यक्ष अछेलाल महतोले बिकाश निर्माणमा आफुले वडा र पालिकासंग सहकार्य गरेर पालिकाको सिफारिसमा प्रदेश र संघीय बाट बजेट ल्याएर बिकाश निर्माणको कामलाई तिब्रता दिने र पछि जनता माझ आउँ नमान्ने नेताहरुको प्रवृतिको गुनासो बढिरहेको बेला आफु जनताको घर घरमा गएर उनीहरुको समस्या बुझ्ने गरेको र समस्या समाधान पनि गर्दै आएको बताए ।
वडा अध्यक्ष महतोको अध्यक्षतामा सुरु भएको कार्यक्रमा अधिकृत राजु साह र नेता गौरीशंकर साहले कम्बल वितरण गरेका थियो ।
चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ एकल महिला बृद्ध,वृद्धालाई न्यानो कपडा वितरण कार्यलाई निरन्तर दिने काम भइरहेको वडा अध्यक्ष महतोले जनाएका हुन ।
अत्याधिक चिसो र शीतलहरका कारण दैनिक ज्यालादारी गर्नेहरु समस्यामा परेका छन् भने वृद्धवृद्धा तथा बालबालिकाहरु जोखिममा रहेका छन् ।शीतलहर र चिसोका कारण प्रत्येक वर्ष तराईमा स्थानीयले कठ्याङ्ग्रिएर अकालमै ज्यान गुमाउने गरेका छन् ।
उक्त कम्बल बितरण कार्यक्रममा स्थानीय नेता , कार्यकर्तासहित वडा बासीहरुको समेत उपस्थिति रहेको थियो ।