वीरगञ्ज । नेशनल ईन्फोटेक कप २०७९ को पहिलो खेलमा हेटौडा स्कुल अफ म्यानेजमेन्ट (एचएसएम) लाईलाई हराउँदै नेशनल ईन्फोटेक कलेज विजयी भएको छ । वीरगञ्जस्थित नारायणी रंगशालामा शनिवारदेखि शुरु भएको नेशनल ईन्फोटेक कपअन्र्तगत आजको भएको उद्घाटन खेलमा हेटौडा स्कुल अफ म्यानेजमेन्टलाई १ सय २ रनको फराकिलो अन्तरले पराजित गर्दै आयोजक नेशनल ईन्फोटेक कलेज विजयी भएको हो ।
टस जितेर ब्याटिंग रोजेको नेशनल ईन्फोटेक कलेजले निर्धारित २० ओभरमध्ये १९ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय ३७ रनको योगफल तयार पारेको थियो । नेशनल ईन्फोटेकका लागि सफवन अन्सारी र राहुल हकले २९/२९ रनको योगदान दिए । उनीहरुले क्रमश २६ र २५ बल मा समान २९ रन जोडेका हुन् । राहुलले २ छक्का र २ चौका प्रहार गर्दै २९ रन जोड्दा सफवनले ५ चौका प्रहार गरे । यस्तै आदर्श अनुप साहले २ चौका प्रहार गर्दै ३९ बलमा २७ रन जोडे ।
सेराजुल आलमले २ छक्का प्रहार गरेर ५ बलमा १२ रन बनाए । नेशनल ईन्फोटेकलाई १३७ रनमै समेट्नका लागि हेटौडा स्कुल अफ म्यानेजमेन्टका राजा अहमदले ३ ओभर ५ बल गरेर ५ विकेट लिए । कृष्ण यादवले ३ ४ ओभर बलीङ् गरेर ३ विकेट लिँदा गौरव श्रेष्ठ र सन्तोष दास तत्वाले समान १/१ विकेट लिए ।
१ सय ३८ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको हेटौडा स्कुल अफ म्यानेजमेन्ट १२ ओभर १ बलमै सबै बिकेट गुमाएर ३५ रनमै समेटियो । हेटौडा स्कुल अफ म्यानेजमेन्टका लागि ईर्फान अलीले १२ बल खेल्दै २ चौकाको सहायतामा १२ रन बाए । कृष्ण यादवले १ चौका प्रहार गर्दै २० बलमा ७ रन जोडे । राजा अहमदले १५ बलमा ४ र विराट कुमारले ६ बलमा २ रन बाहेक अरु कसैले पनि रन जोड्न सकेनन् ।
नेशनल ईन्फोटेक कलेजका वासिन अली मन्सुरीले ४ ओभरमा १३ रन खर्चिदै ६ विकेट लिए । सेराजुल आलम र रन्जित कुमारले समान २/२ विकेट लिएर टिमलाई जित दिलाएको नेशनल ईन्फोटेक कलेजका प्रबन्ध निर्देशक ई. मनिष सिंहले जानकारी दिए । ४ ओभरमा २ मेडअन ओभर बनाउँदै १३ रन खर्चिएर ६ विकेट लिने नेशनल ईन्फोटेक कलेजका वासिम अली मन्सुरी प्रतियोगितामा प्लेयर अफ दी म्याच घोषित भएका छन् ।
प्रतियोगिताको दोस्रो दिन भोली २ वटा खेल हुँदैछन् । पहिलो खेल पुल ‘बी’ अन्र्तगत बिहान ८ बजेदेखि डिएभी कलेज र सत्यम पब्लिक कलेजबिच हुनेछ भने दोस्रो खेल पुल ‘ए’ अन्र्तगत मध्यान्ह १२ बजेदेखि त्रिजुद्ध मावि र ईम्पेरियल कलेजबिच हुने पनि प्रबन्ध निर्देशक सिंहले जानकारी दिए ।