वीरगन्ज । कमसल सामग्री र गुणस्तरहीन सिमेन्टको प्रयोग गरी पर्साको बहुदरमाई नगरपालिका वडा नं-४ नीर्माणधिन रहेको छठ घाटको भर्याङ भत्किँदा च्यापिएर एक जना मदजुरको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
कमिशनको खेलमा उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिका अध्यक्ष धुरेन्द्र प्रसाद यादवले आफ्नै ठेकेदार भाई जितेन्द्र प्रसाद यादवको मौखित सम्झौता गरी काम गर्न लगाएका थिए ।
आफूलाई बढी फाइदाको लोभमा परी उपभोक्ता समितिका अध्यक्ष यादव र उनका भाई ठेकेदार यादवले मिली कमसल सामग्रीको प्रयोग गरी निर्माण गर्न लगाइएको निर्माणधिन छठ घाटको भर्याङ भत्किँदा एक जनाको मृत्यु भएको थियो भने दुई जनाको अवस्था चिन्ताजनक रहेको स्थानियहरुले बताएका छन् ।
कुल रकमको ४० प्रतिशत कर्मचारी र ६० प्रतिशतमा कामकाज गर्ने मौखित सम्झौता गरी यादवले कमसल सामग्री र गुणस्तरहीन सिमेन्टको प्रयोग गरी हतार हतारमा काम काज गराइरहेका थिए । यो घटना घट्नुमा प्राबिधिक टोलीका संयोजक सामाजिक बिकाश इकाई विरगंजको इन्जिनियर आकाश साहको मिलोमतोमा कमसल सामग्री प्रयोग गरी निर्माण भइरहेको स्थानियहरुले आरोप लगाएका छन् ।
कमसल सामग्रीको प्रयोग गरी छिटो काम सिध्याउन लुकी छिपी हतार हतार कामकाज गराइरहेका साथै मजदुरको मृत्युको सम्पूर्ण जिम्मेवार उपभोक्ता समितिका अध्यक्ष , उनका भाई ठेकेदार र प्राविधिकको टोलीले लिनुपर्ने र निष्पक्ष रुपमा प्रहरीले छानविन गरी दोषी ऊपर कारवाही गर्न उक्त वडाका वडा अध्यक्ष सुरेन्द्र यादवले बताए ।
कमसल निर्माण सामग्रीको प्रयोग गरी गुणस्तरहीन काम गरेका कारण निर्माण सम्पन्न नहुँदै उक्त भर्याङ भत्किएको स्थानीयवासीले बताएका छन् । ठेकेदार कम्पनीले छठ घाटको भर्याङ निर्माणमा नदीको बालुवा प्रयोग गरी निर्माण गरिएको स्थानियहरुले बताएका छन् । भर्याङ निर्माणमा कमसल सामग्रीको प्रयोग हुँदा पनि सामाजिक बिकास इकाई बिरगंजले कुनै चासो नदेखाएको स्थानीयवासीको गुनासो छ । “समयमा राम्रोसँग प्राविधिक जाँच भएको भए यस्तो घटना ,” हुने वाला थिएनन् स्थानिय बासीहरुले बताएका छन् ।
स्थानीय एक साहले प्रभावकारी अनुगमनको अभाावमा छठ घाटको भर्याङ निर्माणमा निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरी मापदण्ड विपरीत भर्याङ निर्माण गरिरहेको गुनासो पोखे । ‘एक नम्बर ईट्टाको साटो निर्माण कम्पनीले २ नम्बर र एक भाग सिमेन्टमा ६ भाग बालुवा , जोड्नुपर्नेमा १२ भाग बालुवा मिसाएर , ४ भागको एक भाग रड लगाएर निर्माण काम गरिरहेको गुनासो पोखे ।’
छठ पुजाको लागि मधेश प्रदेश समाजिक मन्त्रालयबाट निर्माण भईरहेको भर्याङ ढलानको सेन्ट्रिङ खोल्ने क्रममा दुर्घटना भएको स्थानियहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भर्याङ खस्दा तीन जना च्यापिएकोमा बहुदरमाई नगरपालिका वडा नं. भौराटार ५ निवासी २१ बर्षिय राजबाबु महत्तो धानुकको मृत्यु भएको छ भने घाइते हुनेहरुमा बहुदरमाई नगरपालिका वडा नं.५ भौराटोल बस्ने २१ बर्षिय राजा मण्डल र बहुदरमाई नगरपालिका वडा नं.५ पटनी बस्ने ३५ बर्षिय अमर महतो रहेका छन् ।
घाइतेहरुको बीरगन्जको नारायणी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । घटनाको थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय पोखरियाको प्रहरी निरिक्षक आयुष जोशीको टोलीलाई घटना स्थलमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दिपक गिरीले बताए । स्थानिय उपभोक्ता समिति मार्फत ठेकदारसंग कमिसनको खेलमा निर्माण भइरहेको सो छठ घाटको भर्याङ खसेको भन्दै घटनाको सत्य तथ्य छानविन हुनु पर्ने तथा पिडित परिवारलाई उचित राहत उपलब्ध गराउनु पर्ने स्थानियहरुले माग गरेका छन् ।
हिजो भएको घटनाको पूर्ण छानविन हुनु जरुरी छ ? उक्त निर्माण कार्यको स्टिमेट के छ? स्टिमेट बमोजिम छड, सिमेन्ट प्रयोग गरिएको छ कि छैन ?
निर्माण गर्ने पक्षले सावधानी अपनाएको थियो कि थिएन ? अनुगमन गर्नेले के हेरेका थिए ? सबै कुराको जाँचबुझ गरी दोषीलाई कर्तव्य ज्यान अन्तर्गत कार्यवाही हुनु पर्ने ? साथै उक्त नगरपालिका भित्र निर्माण भईरहेका अन्य संरचनाहरुको यथा सिघ्र अनुगमन गरि बेलामा नै कमसल सामग्रीबाट निर्माण भइरहेको कार्यलाई रोक्नु पर्ने ? यो संरचना यदि विद्यालय भएको भए के हुने थियो ? यो प्रदेशको योजना हो भनेर नगरपालिकालाई पनि उम्किन पाउदैन ? यो घटनाको जिम्मेवारी सबै सरोकारवालाले लिनु पर्ने ? गाउँबासीहरुले मांग गरेका छन् ।
यस विषयमा प्राबिधिक टोलीका साह संग कुरा गर्दा यसको विषयमा हामीलाई केही जानकारी नभएको गैर पूर्ण रुपमा जवाब फर्काए । हाम्रो स्तीमेंटमा ७ फिटको भर्याङ निर्माण गर्नु परेमा उपभोक्ता समितिले १० फिटको आफै खुशी भर्याङ निर्माण गरिरहेको बताए । उपभोक्ता समितिका हामीसँग बिना समन्वय गरी आफनै तालमा काम काज गरेको बताए ।