वीरगन्ज । पर्सागढि नगरपालिका वडा न ३ स्थित जनता माध्यमिक बिधालय पकडिया बडनिहारमा भइ रहेको बिक्रीती बिसङ्गगति तथा आर्थिक अनियमितताको विरुद्धमा आज आम अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
बिधालयका सस्थापक ब्रमदेव महतो थारुको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा बिधार्थी , अभिभावक , बुद्धिजिबि ,समाजसेबि लगायतको सहभागी रहेको थियो ।
बिधालयले अभिभावक भेला राख्न नचाहेसि युवा हरुको सक्रियतामा कार्यक्रम भएको हो ।
अन्तरक्रिया कार्यक्रममा बिद्यार्थी हरुले बिधालयमा पठनपाठन नहुने गरेको समयमा पाठयपुस्तक समेत बिधालयले नदिन्दा आफू हरुको पठनपाठनमा समस्या भएको बताए ।यता अभिभावक अरुण प्रकाश रेग्मी ले बिधालयमा चरम लापरबाही तथा आर्थिक अनियमितता हुन्दा समेत बिधालय ब्यवस्थापन समिती मुखदर्सक भएको र अन्तरक्रिया कार्यक्रममा ब्यवस्थापन समिती , जनप्रतिनिधि र बिधालयको प्र अ मोहन प्रसाद चौधरी उपस्थिति नहुनाले बिधालयमा भएको कमिकमजोरी सुन्न नचाहेकाे बताए ।अर्का अभिभावक शम्भु पटेल ले बिधालयमा भएको बिक्रीती बिसङगती बिरुद्ध बिधालय लाई अभिभावक भेला राख्न बारम्बार भनियता पनि बिधालयले अभिभावक भेला नराखेकाे कारण युवाहरुको सक्रियतामा बजारको सेटमा खुला भेला राख्न बाध्य भएको बताए ।
कार्यक्रममा अभिभावक हरु सोममाया तमाङ्ग , बिरेन्द्र चौधरी , बलराम आचार्य , जगरनाथ तिवारी , बिमला बस्नेत लगायत बिधार्थी हरुले मनतब्य राखेका थिय ।
अन्तरक्रिया कार्यक्रम बाट बिधालय सुधार सघर्स समिती नौव सदस्य समिती गठन गरेकाे छ ।अरुण प्रकाश रेग्मीकाे सयोजकमा सम्भु प्रसाद राउत , गज बहादुर लामा , जगरनाथ तिवारी , बलिराम उपाध्या , राजेस कुमार साह , पार्बती रेग्मि , बिमला बस्नेत , कल्पना पौडेल रहेका छन ।साथै भेला बाट सम्बन्धित निकाय हरुमा ज्ञापनपत्रसमेत बुझाउने निर्णय भएको छ ।