लहान । सिराहाको लहान नगरपालिकामा प्रमुख समस्याको रुपमा बाल-बिटौरी तथा गाउँ-ब्लक जग्गा रोक्का रहेको छ।
यो समस्या लहान नगरपालिकामा मात्र नभई अधिकाँश जिल्ला र स्थानीय तहहरुले खेपिरहेका छन। यसको प्रमुख कारक स्थानीय तहहरु, भुमि सुधार मन्त्रालय , नापी , मालपोत कार्यालयका कर्मचारीको ढिलासुस्ती रहेको देखिन्छ ।
त्यसै क्रममा लहान नगरपालिका नगरकार्य पालिकाको कार्यालयद्वारा आउँदो माघ ३ गतेसम्म कार्य-सम्पादन गर्ने तयारीमा जुटि सकेको लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सत्रुधन प्रसाद चौधरीले बालबिटौरी तथा गाउँ-ब्लक जग्गा फुकुवा संघर्ष समिति लहानलाई समाधान गर्छु भन्ने बुझीएको छ ।
बाल-बिटौरी तथा गाउँ-ब्लक जग्गा फुकुवा संघर्ष समिति लहानले पटक- पटक आंदोलन गर्दा पनि फुकुवा हुन नसकको संधर्ष समितिका अध्यक्ष विजय कुमार गुप्ताले वताउनु भयो र जग्गाको फुकुवाको सद्रर्भमा तलको त्थयहरु जानकारी दिनुभयो , माध ३ गते सम्म फुकुवा नभए संधर्ष समिती विभिन्न चरणमा धनधोर आंदोलन धोषणा गरी गर्ने जानकारी गराउनु भयो ।
जानकारी गराएको तथ्यहरुः-
१. रोक्का जग्गा फुकुवाका लागि पटक-पटक मन्त्रालयमा पहल गर्दा नगरपालिका कार्यालय र नापी कार्यालयलाई संयुक्तरुपमा जग्गाको वर्ग तथा पुरानो कित्ता नम्बर मिलान गरि पठाउने गरि मालपोतको मध्स्था हुनेगरी निर्देशन ।
२. विक्रम संम्वत २०२९ बैशाख ०७ गते तत्कालीन लहान नगर पञ्चायद्वारा लहानका विशिष्ट श्रेणीका गाउँ-ब्लक मध्ये ३३ कित्ता जग्गामा मात्रमा बढी कर मालपोत उठाउन शिर्षक परिवर्तनगरि बालबिटौरी कर उठाउने गरि श्रेष्ता राख्ने निर्णय सुरक्षित रहेको बताए ।
३. हाल ३३ कित्ता नभई ६०० भन्दा बढी कित्तामा नगरपालिकाले गाउँ ब्लकको जग्गालाई पनि बालबिटौरी भनी कर संकलन गर्दै आएको बताए ।
४. नापी कार्यालयद्वारा सबै जग्गा गाउँब्लकको नाममा नाप जाँच पहिचान गरि अधिकाँश जग्गा धनीलाई लालपुर्जा ( जग्गा धनी प्रमाणपत्र ) वितरण ।
५. नगरपालिका र नापी कार्यालयको कर्मचारीहरुको कमीकमजोरी तथा उदासीनताका कारणले हालसम्म बालबिटौरी तथा गाउँ-ब्लक जग्गा फुकुवा हुन् नसकेको जग्गा फुकुवा संघर्ष समिति आरोप छ।
यता, लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरीको अनुसार हामी अब छिटै नै यस नगरपालिका स्तर र व्यक्तिगत स्तर वाट जग्गा फकुवाका लागी हरसंभव प्रयास गर्ने छौ र जग्गा फुकुवाको लागी हामी संधर्ष समिती संग सह-कार्यमा अगी बढी रहेको छौ।