कृष्णा प्र. कुशवाहा
वीरगन्ज । पर्साको १४ स्थानिय तहहरुमा श्रावणमा योजना तर्जुमा भए पश्चात पर्सा तथा बाराको पालिकाहरुमा अग्रीम ६०% कमिशन तथा ४०% मा काम गर्ने भने शर्तमा टोकन मनि भनेर पैसा बाड्दै कार्यक्रम लिने र कामनै नगरी बिल भरपाई मिलाई पहुच तथा कमिशनको भरमा पैशा निकाशा गराई आतंक मचाउनुको साथै बर्षेनी लाखौ लाख बराबरको राजश्व चोरी गरी रहेका समाचार प्राप्त भएको छ । पर्साको अधिकांस स्थानिय तहहरुमा ब्रचस्व रहेकोले आफ्नो नातेदार श्रीमती तथा आसेपासेको नाममा समाजिक संघ सँस्था दर्ता गराई कमिसनको प्रलोभन देखाई सम्पूर्ण ठेका,तालिम,सप्लायर्स तथा गोष्ठीहरु आफै गराईरहेका छन । केही एनजीओ कर्मीले पर्साको विभिन्न स्थानिय पालिकामा पनि कार्यरत रहेका छन ।
पर्साको केही स्थानिय तहमा कार्यरत कर्मचारीहरूले पछिलो समयमा पालिकामा कार्यरत हुदाँ जनप्रतिनिधि तथा कर्मचारीहरु सँग सम्बन्ध बनाई उक्त पालिकाको सम्पूर्ण तालिम तथा गोष्ठी कमिशन बेसमा आफै्लिई कार्यक्रम नै नगरी फर्जी बिल भरपाई पेश गरी रकम निकाशा गराएका थिए जुन हाल महालेखा परिक्षणको प्रतिवेदन अनुसार पर्सामा कार्य गरेका कति एनजीओ कर्मीहरुको संस्था माथि असुल उपरको बेरुजु आएको छ । हालै निर्वाचित जनप्रतिनिधिहरुसँग मिलोमतो गरी झोले एनजीओ कर्मीले अहिले विभिन्न कार्यक्रमहरु ठेकामा लिई भ्रष्टाचार गरीरहेको कुरा विशेष स्रोतबाट जनकारी प्राप्त भएको छ ।
स्थानिय तहका प्रमुख,उपप्रमुख,वडा अध्यक्षहरु तथा प्रमुख प्रशासकिय अधिकृत सरहको कर्मचारीहरुको घरघरमा रक्सी तथा मासु पुयाई कार्यक्रम हातपारेका एनजीओ कर्मीहरुले आफुलाई बाहुबली बन्न खोजेको केही पालिकाहरुको कर्मचारीहरुले जानकारी दिएका छन ।
एनजीओ कर्मीहरुले कतिको भ्रष्टाचार गरेका छन भने सत्य तथ्य पता लगाउनका लागि उनीहरुको सम्पति शुद्धिकरण गरियो भने सबै र्छलङ्ग हुने छ ।
चालु आ.व.९ महिनामा पर्साको अधिकांस स्थानिय तहहरुबाट करोडौँ करोडौँ बराबरको जनचेतना मूलक कार्यक्रम,सप्लायर्स सम्बन्धि कार्य तथा निर्माण सम्बन्धि कार्यको ठेकालिई कतिको कामै नगरी बिल भरपाई मिलाई भुक्तानी लिईरहेको पर्सा तथा बाराका केही स्थानियहरुले उजागर गरेका छन ।
यस्ता धेरै झोले NGO तथा सघं संस्थाहरुको संचालक रहेका छन जुन भ्रष्टाचार गर्नमा माहिर रहेका छन । उनीहरुको पनि तथ्याँक सँकलन भइरहेको छ र छिटै सार्वजनिक पनि गरिने छौँ ।
यस्ता झोले तथा भ्रष्टहरुले गर्दा पर्सा तथा बाराको अधिकाँस राम्रो सँघ सँस्थाहरुलाई कार्य गर्न अवसर प्राप्त नभएको र यो समाजिक विकास सम्बन्धि कामहरुको बदनामी भइरहेको छ ।