वीरगञ्ज, २३ फागुन : आज नेकपा एमालेलाई सर्वोच्च अदालतले ब्युँताएको खुशियालीमा पर्सामा यसका नेताहरुले दिपावली गर्नुको साथै घन्टाघरमा शुभकामना समारोहको आयोजना गरेका छन । बेलुका आयोजना गरिएको कार्यक्रममा सहभागिहरुले मैनवात्ति बालेर खुशियाली साटेका थिए ।
आज अदालतले नेकपा एमाले र माओवादी केन्द्रका बीचमा एकिकरण भै नेकपाको नाम राखिएपनि ऋषी कट्टेलले आफुले दर्ता गरेको नेकपा अरुको हुन नसक्ने भन्दै मुद्दा हालेका थिए । आज अदालतले कट्टेललाई नै नेकपमा दिएपछि एमाले र माओवादी केन्द्र ब्युँतिएको हो ।
अव पुर्ववर्ती एमाले र माओबादी केन्द्र अलग अलग अस्तित्वमा रहेपछि मुलुकको राजनीति कता जाने हो यकिन गर्नै कठिन भएको छ ।
आज आयोजित शुभकामना समारोहमा संबिधान सभाका सदस्य तथा नेकपाका नेता राजकुमार गुप्ताले देशभरिका एमाले जनमा अदालतको फैसलापछि खुशियालीको रक्तसंचार भएको धारणा राख्नुहुँदै फैसला गर्ने न्यायमुर्तिप्रति आभार प्रकट गर्नुभयो ।
उहाँले बहुमतको सरकारलाई हटाउने खोज्नेहरुको हबिगत अव के हुने हो यसै भन्न सकिने अवस्था नरहेको जिकिर समेत उहाँले गर्नुभयो ।
कार्यक्रममा नेकपा नेतृ निर्मला देबकोटा, संबिधानसभाका सदस्य प्रद्युम्न चौहान, नेताहरु बिना शर्मा, तेजप्रकाश निषाद, अकलेस साह, हनिफ अन्सारी, अनुप तिवारी, सञ्जिब मिश्र, केसी लामिछाने, महमद आलम, लक्षमण चौरसिया, केदार तिवारी, इमरान हुसेन, बिन्ध्याञ्चल ठाकुर, रबी गुप्ता,लगायतको सहभागिता रहेको थियो ।