वीरगञ्ज । साहिब दरबार सेवा संस्थानले वीरगञ्जको २ वटा विद्यालयको आधारभूत कक्षामा अध्ययनरत विद्यार्थीका लागि स्वेटर उपलब्ध गराएको छ ।
वीरगञ्जको वडा नम्बर ४ मा रहेको श्री सुन्दरमल रामकुमार कन्या मा.वि. र वडा नम्बर १६ मा रहेको इनर्वा मक्तममा अध्ययनरत कक्षा नर्सरीदेखि ३ सम्मका विद्यार्थीलाई न्यानो कपडा स्वेटर उपलब्ध गराईएको हो ।
कन्या मा.वि. मा १५० जना विद्यार्थीलाई स्वेटर वितरण गरिएको संस्थाका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिए ।बुधबार एक कार्यक्रमका बीच विद्यालयका विद्यार्थीलाई स्वेटर हस्तान्तरण गरिएको हो ।
यस्तै इनर्वा मक्तममा पनि १५० जना विद्यार्थीका लागि स्वेटर प्रदान गरिएको संस्थाकी कोषाध्यक्ष जुनुमाया त्वायनाले जानकारी दिइन् ।
कन्या मा.वि.कि शिक्षिका अन्नपूर्न मानन्धरको विशेष पहलमा दुबै विद्यालयका विद्यार्थीलाई जाडोमा न्यानो कपडा उपलब्ध गराइएको संस्थाकी कोषाध्यक्ष त्वायनाले बताइन् ।
संस्थाले जाडोमा न्यानो बनाउने अभियान अन्तर्गत आधारभुत कक्षामा अध्ययनरत विद्यार्थीका लागि न्यानो कपडा वितरण गरेको हो ।
यश अघि संस्थानले सडक पेटी र खुला आकासमा रात विताउन बाध्य विपन्नहरुलाई कम्बल उपलब्ध गराउनुका साथै मानव सेवा आश्रममा आश्रीतहरुलाई पनि न्यानो कपडा कम्बल उपलब्ध गराएको थियो ।
स्वेटर वितरण कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक समितिका पदाधीकारी, संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।