वीरगन्ज । छुद्र गतिविधिका कारण पटक पटक चर्चामा आइराख्ने नेपाली कांग्रेसका स्थानिय नेता सुरेन्द्र चौधरी पुन चर्चामा आउन प्रपञ्च रचे पनि असफल भएका छन ।
प्रतिनिधि सभाको निर्वाचनमा भएको पराजयको पीडा पोख्न चौधरीले शुक्रवार बिरगंजमा पत्रकार सम्मेलन नै आयोजना गरेर विपक्षी प्रतिनिधि सभा सदस्य राजकुमार गुप्तालाई बद्नाम गर्न असफल प्रयास गरेका छन । तर उनलाई कसैले पत्याएनन । पत्रकारहरुले सोधेको प्रश्नको जवाफ समेत दिन नसकी विवादित नेता चौधरी नजबाब भएका छन ।
लोकतन्त्रको तोते पाठ राजनीतिक मञ्चमा सुनाउन चतुर खेलाडीको चरित्र र चिन्तन बारे जिल्ला बासी बुझी सकेका कारण उनलाई जिल्ला बासीले पत्याउन छाडेका छन । विपक्षी माथि जुठा मुदा दर्ता गराउने , प्रताण्डित गर्ने उनको पुरानो अटुट राजनीतिक डियुटी हो ।
यसको साथै गाउँ गाउँबाट आएका सर्व साधारण नागरिक सङ्ग प्रहरीमा रहेको विभिन्न मुदा मिलाइ दिने भन्दै लाखौं रकम ठगि गरेको विषय विगत डेर दशक देखि पटक पटक चर्चामा आउने गरेको छ । गरीब जनतासंग पैसा हात पार्ने र काम नभए पछि जनताले पैसा माग्न जाँदा रोग निको नभए पछि डाक्टरले फि फिर्ता गर्छ त , अथवा बच्चा पास नभए पछि शिक्षकले फि फिर्ता गर्छ त भन्दै हप्काएर पठाउने गरेका छन ।
पत्रकार सम्मेलनमा विरगंजको सीमावर्र्ती रक्सौल बजार स्थित केसी टिसी कलेजबाट अध्यन्न गरेका नेता चौधरी पत्रकार सम्मेलनमा अक्स्फोर्ड र क्याम्ब्रिज जस्ता विश्व मै नाम चलेका विश्व विद्यालयबाट आफु अध्यन गरेको कुरा पत्रकारलाई सुनाउन भ्याएका छन ।
पत्रकार सम्मेलनमा राजनीतिक कुरा सँगै विपक्षीको व्यक्तिगत चरित्रमा हिलो छाप्न नेता चौधरी उनमादित भए पछि एक जना पत्रकारले उनको पूर्व प्रेमिका नयना केशिको प्रशंग पनि कोट्याई दिएका थिए । तर नेता चौधरीले मुस्कुराएर केही प्रतिक्रिया दिएनन । बिहारको रामनगर स्थित नेपालका शाही नातेदार बलेन्द्र विक्रम शाहको सवारी चालककी छोरी नयना केशी सँग ५० को दशकमा नेता चौधरीको माया पिरती जागेको कुरा पर्सा कांग्रेस एक वरिष्ठ नेता बताउँछन ।
नेता चौधरी मन्त्री हुँदा भ्रष्टचार गरी थुपारेका सम्पति नयना केशी लिएर भागे पछि यो प्रशंग त्यति बेला राष्ट्रिय स्तर मै चर्चाको विषय बनेको ति कांग्रेसी नेता बताउँछन ।
यती मात्र होइनन पार्टी भित्रका नेताहरुलाई सोसन गर्ने , दमन गर्ने र प्रताण्डित गर्ने लामै फैरिस्त रहेको कांग्रेस जनहरू बताउँछन । अहिले आएर नेता चौधरीको पैतृक गाउँ रहेको पटेर्वासुगौली गाउँपालिकामा कांग्रेस कै नेतृत्व रहे पनि चौधरी त्यहाँका जनप्रतिनिधिहरुलाई बाँकी राखेका छैनन ।
त्यहाँ पनि शोषण र दमनको नीति अख्तियार गरे पछि चौधरी नजिकका निर्वाचित जनप्रतिनिधिहरु उनको छेउ पर्नु छाडेका छन । त्यस्तै उनकै क्षेत्रमा रहेको काग्रेसले जितेको पालिका पकाहाँ मैनपुरका जनप्रतिनिधि नेता चौधरीको शोशक शैलीका शिकार भएका छन । उनिहरु चौधरी कै कारण मोबाइल फोन अफ राख्ने गरेका छन ।