वीरगञ्ज । वीरगञ्ज पथलैया सडकखण्ड अन्तर्गत निर्माणाधीन रहेको सडकमा सडक निर्माण कम्पनीको लापर्वाही र गैरजिम्मेवारीपनका कारण सवारी दुर्घटनामा वृद्धि भएको बुझिएको छ ।
वीरगञ्ज पथलैया सडकखण्ड अन्तर्गत परवानीपुर पुल देखि जगरनाथ पुल सम्म ठेक्का पाएको कन्टेक्ट प्रा लिको लापरवाही र गैरजिम्मेवारीपनका कारण दिनहु सवारीसाधन दुर्घटना भइरहेको प्रत्यक्ष दर्शीहरु बताउछन ।
सडक बनाउदा प्रयोग गरिने सुचना बोर्ड लगायतका सांकेतिक बोर्ड समेतको प्रयोग नगर्दा बिना दोष सवारीसाधन दुर्घटनामा परिरहेको छ ।
वीरगञ्ज वडा नम्बर २१ परवानीपुर स्थित सिर्सिया पुल नजिक सडक निर्माण कम्पनी कन्टेक्ट प्रा लि ले डाईभर्सन नबनाउदा र सडक लेबलिङ नगर्दा पछिल्लो हप्ता मोटरसाईकल सवार दुईजना गम्भीर घाईते भएको र दिनहु सानोतिनो दुर्घटना भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले बताए ।
सडक निर्माणकार्य भइरहेको र यस सडकमा चल्ने अधिकांश सवारीसाधन तेज गतिमा चल्दा निर्माण कम्पनीले सुचना तथा सांकेतिक बोर्डको प्रयोग नगर्दा अचानक सवारीसाधन दुर्घटनामा परिरहेको परवानीपुर चौकीका प्रहरी नायब निरीक्षक हिरा बुढाथोकीले बताउनुभो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुव प्रसाद दहालका अनुसार निर्माणाधीन रहेको सडकमा ठेक्का लिएको सडक निर्माण कम्पनीले डाईभर्सन बनाउने, सांकेतिक बोर्डको प्रयोग गर्ने जस्ता सामान्य कुरा समेतमा लापरबाही गर्दा सवारीसाधनको दुर्घटना भइरहेको छ ।
वीरगञ्ज पथलैया सडकखण्डमा समयमा सडक निर्माण कार्य सम्पन्न नहुदा दैनिक रुपमा दुर्घटना हुने गरेको बुझिए पनि यस विषयमा सम्बन्धित मान्छे संग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।