वीरगन्ज । नेकपा माओवादी निकट पत्रकारहरुके संगठन प्रेस सेण्टर नेपालको १९ औं स्थापना दिवसको अवसरमा आयोजित रक्तदानमा दुई महिला सहित ५५ जनाले रक्तदान गरेका छन् । प्रेस सेण्टर नेपाल जिल्ला समन्वय समिति पर्साको आयोजनामा भएको रक्तदानमा एकै परिवारका तीनजना पनि रक्तदान गरेका छन् ।दुईजना महिला सहित ५५ जनाले रक्तदान गरेको छ । रक्तदान गर्नेहरूमा उषा उप्रेती, संतोष पौडेल, उज्जवल पौडेल, सरिता देवी घिमिरे, नीरज पिठाकोटे मगर, ईश्वर राना मगर, दिलिपराज कार्की, महेश सिंह धामी, सब्दर हुसैन, आनन्द कुमार साह, आनन्द अधिकारी, अमिताभबच्चन दास, प्रवीण यादव, विकेस पटेल, अशोक संगौला, अर्जुन गुप्ता, अनिल साह लगायत ५५ जना रहेका छन् ।संतोष पौडेल, उषा उप्रेती र उज्जवल पौडेल श्रीमान श्रीमती र छोरा गरी एकै परिवारका हुन् । सेण्टरका जिल्ला अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सेण्टरका केन्द्रीय उपाध्यक्ष गोविन्द देवकोटा, रेडक्रस सासाईटी पर्साकी उपसभापति मधु राणा र ब्लड डोनर्स एशोसोसिएसन पर्साका सचिव अरविन्द सिंहले रक्तदाताहरूलाई ब्लड ब्याग हस्तान्तरण गरेर उदघाटन गरेका थिए ।कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक कोमल शाह, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, सदस्य केसी लामिछाने, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक विशाल मल्ल, सशस्त्र प्रहरी निरिक्षक रबिन्द्र भट्ट, नेकपा माओवादी केन्द्रका नेताहरु कमल बहादुर पिठाकोटे मगर, सरिफ गद्दी, वाईसियलका केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज गौरव संतोष पटेल, पर्सा अध्यक्ष दिपेन्द्र सिंह पटेल, विद्यार्थी नेता विवेक साह, कालिकामाई गाउँपालिका सचिव इशक कुमार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सेण्टरका जिल्ला सचिव शिवनाथ यादवले गर्नुभएको थियो ।