वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं.४ मा सिकाई निरन्तरता अभियान अन्तर्गत पढाई मेला एक भब्य समारोहका बिच सम्पन्न भएको छ ।
एनसेट नेपालको आर्थिक सहयोग , एजुकेसन नेपाल र युनिसेफ नेपालको प्राविधिक सहयोगमा पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं.४ मा अवस्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालय सुगौली दापको प्राङ्गणमा एक दानको उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बाल विकास देखि कक्षा ३ समको बालबालिकाहरुको पढन सिपको विकास,बाल वालबालिकामा रहेको निहित ज्ञान सिपको प्रदर्शनी गरेको देख्दा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले खुसी व्यक्त गर्नुभयो ।
बाल विकासमा पढने बालिकाहरु एक मिनेटमा ६० वटा अक्षर पढेर प्रथम भएको, कक्षा अनुसार बालबालिकामा राम्रो उपलब्धि भएको र आगामी दिनमा पनि अझ उपलब्धिको सुझाव गाउँपालिकाको अध्यक्ष दिनेश कुमार चौधरीले दिए ।
विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष गौरीसंकर दासको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख शम्भु साह,वडा न ४ का वडा अध्यक्ष बासु पजियार,लोकराम भुल,शिक्षक श्याम घिमिरे,सुभास दास,रामासंकर राउत लगायतको उपस्थितिमा कार्यक्रम सम्पन भएको कार्यक्रम संयोजक मित्रदेव यादवले जानकारी दिएका छन । कार्यक्रम संन्चालन शिक्षक दुखा चौधरीले गर्नु भएको थियो ।