सहिद दिवसको अवसरमा नेपाली काँग्रेसले वीरगन्जमा काँग्रेसमा लामो समय देखि लागेर पार्टीलाई योगदान गरेका सात जनालाई सम्मानित गरेको छ ।
सहिद दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा काँग्रेस पर्सा क्षेत्र नम्बर २ को क्षेत्रीय कार्य समितिले उनिहरुलाई सम्मानित गरेको हो । कार्यक्रममा काँग्रेसका केन्द्रिय सदस्य एंव पर्सा २ का प्रतिनिधि सभा सदस्य अजय चौरसियाले दोशल्ला ओढाएर सम्मानित गरेका हुन् । सम्मानित हुनेहरुमा हाजी तहुर अन्सारी , राम क्षेत्री पडित , हदिस मियाँ मन्सुरी , चन्द्र नारायण सिंह रिजाल , लाल बहादुर प्रसाद कुर्मी , लाल महम्मद अन्सारी र मन्लाह अन्सारी रहेका छन् ।
झण्डै तीन दशक देखि काँग्रेसमा सकृय रहि पार्टीको संगठन विस्तार र सुदृढिकरणमा योगदान पुरयाएका पुरा सात जना नेतालाई सम्मानित गरिएको क्षेत्रीय सभापति महम्मद शाहबुद्धिनले बताए ।
सहिद दिवसकै अवसरमा काँग्रेसले वीरगन्जको नारायणी अस्पतालमा परिसरमा रहेको सहिद थीर बम मल्ल, घण्टाघर छेउको मधेसी पार्कमा मधेसी सहिद र गण्डक चोकमा रहेको सहिद तेज बहादुर अमात्यको शालीकमा श्रद्धान्जलीसभा गरि माल्र्यापण पनि गरेको छ ।
कार्यक्रममा बोल्दै काँग्रेस केन्द्रिय सदस्य एंव सांसद अजय चौरसियाले अहिलेको सत्ता समिकरणका कारण लोकतन्त्र , संघीयता र संविधान खतरामा परेको बताए । यसलाई जोगाउन लोकतन्त्रवादी राजनीतिक शक्तिहरु एकजुट हुन आवश्यक रहेको पनि बताए । प्रजातन्त्र , बहुदल , मधेसका अधिकार र गणतन्त्र प्राप्तिका लागि भएका आन्दोलनमा सहादत दिएका सहिदको बलिदानी र त्यागकै कारण अहिले सम्मका राजनीतिक उपलब्धि हासिल भएको भन्दै यसलाई जोगाउन लोकतन्त्रवादीहरु सजग हुनुपर्ने बेला आएको पनि उनले बताए ।
क्षेत्रीय सभापति शाहबुद्धिनको अध्यक्षता तथा केन्द्रिय सदस्य चौरसियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा काँग्रेस पर्साका सभापति एंव प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री , काँग्रेसका जिल्ला उपसभापतिद्व रामनारायण कुर्र्मी र अशोक कुमार गुप्ता , कोषाध्यक्ष प्रेम बहादुर थापा ,सहसचिव मदन यादव , अनुशासन समिति संयोजक रमेश पाण्डे ,नगरसभापति मणिन्द्रलाल श्रेष्ठ, बहुदरमाइ नगरपालिकाका पूर्व मेयर नितेन्द्र साह , महाधिवेशन प्रतिनिधीहरु दिना गुप्ता र रामरुप प्रसाद कुर्मी , राकेश सिंह , प्रकाश उपाध्याय ,महिला नेतृहरु मिन्टुदेवी सिंह , किरण सरकार , रम्भा मिश्रा , रुपा श्रेष्ठ ,नेताहरु रामजनम चौधरी , शीवनारायण राम , सरजुग महत्तो , मनोहर साह , सन्तोष सिंह , धिरज कुमार गुप्ता ,नेविसंघ पर्साका सभापति रमेश यादव , बुथ सभापतिहरु शेख निजामुदिन ,विश्वेसर पटेल, युवा नेता दिलिपराज कार्की , रामविनेश यादव,ने.वि.संघका पुर्व जिल्ला सदस्य राहुल कुमार गुप्ता लगायतको सहभागिता थियो ।