नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल पर्साको केन्द्रीय कमिटीको बैठक तथा केन्द्रीय प्रशिक्षण वीरगंजमा हुने भएको छ । केन्द्रीय प्रशिक्षण तथा बैठकको तयारीकालागि प्रेस चोतारी नेपाल पर्साले तयारी शुरु गरेको छ ।
तयारीका बिषयमा प्रेस चौतारी नेपाल पर्साको बैठक बुधवार वीरगंजमा सम्पन्न भएको छ ।
बैठकले माघ २९ र फागुन १ वीरगंजमा हुन लागेको प्रेस चौतारीको केन्द्रीय बैठक र कार्यशाला गोष्ठी भव्य रुपमा सफल पार्न निर्णय गरेको छ ।
प्रशिक्षण तथा बैठकको उद्धघाटन नेकपा एमालेका उपाध्यक्ष तथा नेपाल सरकारका उपप्रधान तथा अर्थमंत्री बिष्णु पौडेको प्रमुख आतिथ्य रहने प्रेस चौतारी नेपालका पर्सा अध्यक्ष श्याम बन्जाराले जानकारी दिए ।
कार्यक्रममा नेकपा एमालेका अन्य पदाधिकारी , प्रेस चोतारी नेपालका केन्द्रीय कमिटी, प्रदेशका अध्यक्ष र महासचिवको सहभागिता रहने चोतारीक मधेश प्रदेशका सह इन्चार्ज अच्यूत पौडेलले जानकारी दिए ।
बैठकले कार्यक्रम सफल पार्न बिभिन्न ६ वटा उपसमिति निर्माण गरेको छ । आर्थिक उपसमितिको संयोजकमा शाखा अध्यक्ष श्याम बन्जारा, अतिथि सत्कार उपसमितीमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी,प्रचार प्रसार उपसमितिमा कबिता खड्का,मञ्च व्यवस्थापन उपसमितिमा सफल खतिवडा , खाद्य व्यवस्थापन उपसमितीमा ग्यासु मियाँ देवान र आवास व्यवस्थापन उपसमितिको संयोजकमा तुलसी भण्डारीलाई चयन गरेको शाखाका सचिव राजेन्द्र सिंहले जानकारी दिए l
बैठकमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी. लामिछाने, प्रेस चौतारी नेपालका मधेश प्रदेशका सह इन्चार्ज अच्युत पौडेल ,केन्द्रीय सदस्य शत्रुघ्न नेपाल ,प्रेस चौतारी नेपालका , महेशचन्द्र गौतम,एल.बी .शेख, बानका मधेश प्रदेशका अध्यक्ष ,आशिक अंसारी, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, ,राकेश साह, संतोष पटेल,कृष्णा कुशवाहा , आरोहण साह लगायतको उपस्थिति थियो ।