बिन्दबासिनी । पर्साको बिन्दबासिनी गाउँपालिकाको वडा नं ३ स्थित झौवामा रहेको माध्यमिक विद्यालयमा विद्यालय स्तरीय खेलकुद प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।
झौवा माध्यमिक विद्यालयका प्रधानध्यापक रामचन्द्र महतोको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष ज्योति चौरसियाले खेलकुद प्रतियोगिताले क्षमतावान, सक्षम र प्रतिभावान खेलाडीहरु तयार गर्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष जयप्रकाश चौरसिया , शिक्षा शाखा प्रमुख कपिल लामिछाने , नेता गम्भीरा साह , लक्षमण चौसरिया , किरण देवी गुप्ता , धीरज चौसरिया लगायतले शुभकामना दिँदै प्रतियोगिता खेलाडीहरुको लागि महान उत्सव भएको तथा यसले बिन्दबासिनी गाउँपालिकालाई खेल पर्यटनको गन्तव्यका रुपमा स्थापित गर्न योगदान गर्नेमा जोड दिए ।
बिन्दबासिनी गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको खेलमा गाउँपालिका भरिका १५ वटा विद्यालयहरुले भाग लिएका छन् । आज देखि सुरु भएको प्रतियोगिता ४ दिन सम्म निरन्तर चल्ने र अन्तिम दिन यसको विजेता घोषित गरिने शिक्षक मुकलेश गदिले बताए ।
प्रतियोगितामा ज्याप्लिङ, स्टफुट, लङ जम्प , ब्याडमिन्टर , मुजिकल चेयर , सिपकिङ , भलिबल , दौड , मैथ मेटिकाल गैम र बिस्कुट गैम जस्ता खेलहरु खेलाईने शिक्षा शाखा प्रमुख लामिछानेले बताए । त्यस्तै विजेता , उपविजेता र उत्कृष्ठ खेलाडी र सर्वाधिकलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ ।