काठमाडौं । नेपाल चिकित्सक संघको मधेस प्रदेश उपाध्यक्षमा वीरगन्जका डाक्टर निरजकुमार सिंह निर्वाचित भएका छन् ।संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मंगलबार बेलुकी सकिएको मतगणनाको अन्तिम नतिजा अनुसार , संघको मधेस प्रदेश उपाध्यक्षमा लोकतान्त्रिक समुहका उम्मदवार डा. सिंह ३०८१ मतका साथ विजयी भएका हुन् ।
उनका निकतम प्रतिद्वन्द्वी डा. महेश महासेठले १५७४ मत पाए भने अर्का उम्मेदवार डा. अजयकुमार मिश्रले ११२४ मत मात्रै ल्याए ।
यस्तै संघको अध्यक्षमा पनि लोकतान्त्रिक समुहकै डा. अनिलविक्रम कार्की विजयी भएका छन् ।कार्कीले ३ हजार ५३७ मत ल्याउँदै जित हासिल गरेका हुन् । अध्यक्षका अर्का उम्मेदवार प्रगतिशील समूहका डा. सन्तोष पौडेलले २ हजार २२३ र स्वतन्त्र उम्मेदवार डा. शिवजीविक्रम सिलवालले २९० मत प्राप्त गरे ।
संघको नयाँ नेतृत्वमा एकजना सदस्य बाहेक लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको हो ।यस्तै, संघको महासचिवमा पनि लोकतान्त्रिक समूहकै डा. सञ्जीव तिवारी २९१८ मतका ल्याएर विजयी भए ।
बागमती प्रदेशको उपाध्यक्षमा डा. प्रकाश बुढाथोकीले ३५५३ मतका साथ विजय हासिल गरे । उनका प्रतिस्पर्धी डा. सञ्जय ठाकुरले २२१४ मत ल्याए । गण्डकी प्रदेशमा डा. राजन शर्माले ३३२२ मतका साथ विजयी बने भने उनका प्रतिस्पर्धी डा. विकास गौचन २३९० मत ल्याए । यस्तै, सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा डा. प्रशान्त भट्ट ३३५९ मतका ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी डा. निरज अर्याल २३०८ मत ल्याए ।
सदस्यहरुमा लोकतान्त्रिक समूहका डा. अमित रञ्जन मिश्र, डा. किशोर खत्री, डा. सृजना विष्ट, डा तेज्सुसिंह मल्ल, डा. युभिन कुमार यादव र प्रगतिशिल समूहकी डा. स्मृती महत विजयी भएका छन् । संघको निर्वाचनमा कुल ६२९२ मत खसेको थियो ।