वीरगञ्ज । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले पार्टी र जनवर्गीयसंगठनका कमिटीहरू ठुला भन्दा पनि गुणस्तरीय हुनुपर्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपालले आयोजना गरेको संगठन सुदृढीकरण कार्यशालाई आइतबार वीरगञ्जमा सम्बोधन गर्दै ढकालले संगठन ठुला हुँदापार्टी विधि र प्रणालीमा छलफल र निर्णय गर्ने कुराम कमी आउने बताउनुभयो । सबैले छलफल गर्ने वातावरण निर्माणमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
लोकतन्त्रको लागि गरिएको आन्दोलन र लोकतन्त्र पछिको आन्दोलनमा के फरक हुन्छ भन्ने कुरा विश्लेषण गर्न जरुरी रहेको उहाँलेबताउनुभयो । अब राजनीतिक पार्टी र जनवर्गीय संगठनको भूमिका फेरिएको उहाँले बताउनुभयो । ‘अब पुरानो हिसाबले चल्दैन, नयाँभूमिका खोजौँ’, उहाँले भन्नुभयो ।
राजनीतिक दल र तिनका जनवर्गीय संगठनले आफ्ना काम गर्ने शैली परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । अब पार्टी र जनवर्गीयसंगठनका साङ्गठनिक संरचनामा नै सुधार गर्न जरुरी रहेको उहाँले प्रष्ट पार्नुभयो ।
कार्यक्रममा बोल्दै ढकालले पार्टी र हरेक जनवर्गीय संगठनका कार्यक्रम निर्धारित समयमा नै सुरु गर्नुपर्ने बताउनुभयो । कार्यक्रमतोकिएको समयमा आयोजक नपुग्ने, कार्यक्रम सकिने बेलासम्म पनि अतिथि पुग्ने गलत परम्परा तत्काल सुधार गर्नुपर्नेमा उहाँले जोडदिनुभयो ।
ढकालले तोकिएको समयमा नपुग्ने अतिथिलाई अतिथिको आसन ग्रहण नै नगराउने संस्कार सुरु गर्नुपर्ने बताउनुभयो । त्यो गरियो भनेनेताहरू पनि समयमा नै कार्यक्रममा पुग्ने र समयको सही व्यवस्थापन हुने बताउनुभयो । यसो गरियो भने पार्टी र जनसंगठनमा आमूलपरिवर्तन हुने उहाँले बताउनुभयो ।
पार्टी संस्थागत रिपोर्टका आधारमा अघि बढ्नु पर्नेमा उहाँले बताउनुभयो । पार्टी र संगठनमा व्यक्ति होइन संगठन प्रधान हुनु पर्नेमा उहाँलेजोड दिनुभयो । पार्टी र संगठनमा अब एक व्यक्ति एक पदलाई कडाइका साथ लागु गर्नु पर्ने ढकालले बताउनुभयो ।
व्यक्तिलाई बिग्रन नदिन आर्थिक पारदर्शितामा जोड दिनु पर्ने उहाँले बत्ताउनुभयो । हरेक नेता कार्यकर्ताको आम्दानी र खर्चको श्रोतपारदर्शी हुनुपर्ने उहाँका भनाई छ ।