वीरगन्ज । नारायणी यातायात व्यवस्था कार्यालय पर्सा वीरगन्जमा कर्मचारीद्वारा खटाइएका बिचौलिया हाबी हुँदै गए पछि आममानिसहरू निराश भएका छन् । नारायणी यातायात व्यवस्था कार्यालय पर्सा वीरगञ्जका मोटरसाइकल नामसारी शाखा प्रमुख सर्विन्द कुशवाहा निकट रहेका बिचौलियाहरुले सजिलै आम सेवाग्राहिहरुको काम काज गर्न अवरोध गरी आफू मार्फत पैसाको भरमा काम गराउन बाध्य गरी पैसा मार्फत आफैं गराईरहेका छन् ।
नारायणी यातायात व्यवस्था कार्यालय पर्सामा हिजो भएको घटनाले पनि प्रमाणित गर्दैछ कि कतिको भ्रस्टचार हुन्छ । त्यो कार्यलयमा यो कुनै नौलो कुरा होइन आज भन्दा केही दिन अगाडि पनि नारायणी यातायात व्यवस्था कार्यालय बिरगंजबाट अर्काको पिकअप अर्काले पैसाको भरमा बेचेको कुरा जिल्ला प्रहरी कार्यालय पर्सा सम्म पुगेको थियो । एक जनाले आफनो निजी कामको लागि साथीको पिकअप मागि आफनो घरमा ल्याई घरबाट यातायात कार्यालय बिरगंजमा लगि यातायात कार्यालय प्रमूख र निजको ईसारामा परिचालित उनका सहयोगी शाखाका मिलोमतोमा अर्काको पिकअप अर्काले बेचेको थियो ।
यस्ता यस्ता दिनहु लाखौको भ्रष्टाचार हुने गरेको यो प्रमाणले पुष्टी गरेको छ । नारायणी यातायात व्यवस्था कार्यालय बिरगंज नामसारी शाखा अधिकृत कुशवाहाको शाखाबाट नै सबैभन्दा बढी भ्रष्टाचार हुने गरेकोे छ । नारायणी यातायात व्यवस्था कार्यालय बिरगंजका प्राबिधिक शाखाका कर्मचारी र उनका बिचौलिया रवीन्द्र यादव , सुरेन्द्र यादव , हरि प्रसाद , अशोक महतो , सन्तोष गुप्ता , विशाल चौरसिया , रञ्जय यादव र शिव यादव नामसारी शाखा प्रमुख अधिकृत कुशवाहाको इशारा कार्यालयलाई भ्रष्टचारको आखडा बनाएको नाम नबताउने शर्तमा त्यही कार्यालयका एक कर्मचारीले बताएका छन ।
प्रमुख कुशवाहाको इसरामा दैनिक उनीबाट संचालित यी बिचौलियाहरुले आफै पैसा उठाऊँन लागेका हुन । उनिहरूलाई काम भन्दा बढी ध्यान पैसा उठाऊँनमा रहेको एक यातयात आउने सेवाग्राहीहरुले बताएका छन । नारायणी यातायात व्यवस्था कार्यालय पर्साबाट भ्रष्टाचार गरी करोड़ोंको सम्पति जोडन उनिहरु सफल भएको एक श्रोतले जनाएको छ । भ्रष्टचारको आखडा बनाएको नारायणी यातायात व्यवस्था कार्यालयमा नत अखतियार पुग्छ नत कुनै सम्बन्धी निकाय पुग्छ । एक कर्मचारीका अनुसार प्रमुख कुशवाहाको मन्त्रालय देखी अख्तियार सम्म बढी रकम बुझाउने गर्छन । मन्त्रालयको आडमा नारायणी यातायात व्यवस्था कार्यालय बिरगंज भ्रष्टचारको आखडा बनेको छ ।
निर्देशिका बमोजिम इनजिनियरले सवारी चेकजाँच गर्ने मात्रै हो तर सवारी चेकजाँच नगरी सेवाग्राहीसंग बीमाको नाउमा पैसा खाने काम मात्र गरिएको छ । ५०० रुपैया छ भने बिमा लाग्दैन यदि ५०० सय रुपैयाँ दिएन भने बिमा लाग्ने गरेको सेवाग्राहीहरुले बताउँछन । यति मात्र होईन सकल यकिनको नाउमा पैसा लिने , गाड़ी पुरानो भए नम्बर चिनिएन भने डाढी रकम लिने , डर त्रास देखाई यस्ता बिभिन्न बहानामा सेवाग्राहीहरुसंग पैसा लिने गरेको जो कोहीले पनी सहजै देख्न सक्छ ।
यति मात्र होइन सवारी नामसारी , नवीकरण , प्रतिलिपि , दर्ता लगायतको काममा ति बिचौलियाहरुले दैनिक लाखौ लाख रकम उठाउन सफल भएका छन् । फोटोमा सीधै हेर्न सकिन्छ कि कार्यालय प्रमुख कुशवाहा पछाडि उभिएका छन् भने ती बिचौलियाहरु खुट्टा हालाई कुर्सीमा बसेका छन् । यस्ता थुप्रै घटनाहरु यस भन्दा पहिला पनी सार्वजनिक भईसकेको हूदा तापनी सम्बन्धी निकाय मौन बस्नु भने त्यो निकाय माथी पनी शंका उत्पन्न हुन थालेको छ । यामाहा , हीरो , होण्डा , सुजुकी , टिभीएस , जस्ता थुप्रै कम्पनीको गाडीहरु यातायात कार्यालय नल्याई पैसाको भरमा गाडी दर्ता भईरहेको छ । यस्ता कतिपय गाडीहरु यातायातमा नल्याई दर्ता गरिएको प्रमाण नै हामीसंग फेला परेको छ ।
त्यो कम्पनी गाडी दर्ता गर्नु वापत प्राबिधिक शाखाले प्रति गाडी रु १०० को दरले लिने गरेको एक जना कर्मचारीले बताए । साथै प्रति दिन यस्ता कम्पनीका ८०० देखी ९०० सम्म गाडी दर्ता हुने गरेको छ ।सेवाग्राहीहरुले गाडी नामसारी गराउनु परेमा गाडी नै लिएर आऊनु परेको छ । तर त्यही कम्पनीको गाडी नामसारी गराउनु परेमा ल्याउनु पर्दैन पैसा भएको पुग्छ । यस्ता कतीपै नियम बिपरित पैसाको बलमा प्राबिधिक शाखामा काम हुने गरेको श्रोतले बताएको छ ।
यो शाखामा काम गर्ने कर्मचारीहरुको सम्पति विवरण छानबिन गरियो भने सिधै पता लगाऊँन सकिन्छ की ती कर्मचारीहरु कतीका इमन्दार रहेका छन ति कर्मचारी र बिचौलियाहरुको ५ वर्ष पहिलाको सम्पती र अहिलेको सम्पति हेरियो भने भ्रष्टचारको प्रमाण छर्लङ्ग हुनेछ । आफ्नो सेवाग्राहीलाई सक्दो सहुलियत दिनुको साटो प्रमुखकै इशारामा बिचौलियासम्म पुग्नुले करोडौ रूपैयाको चलखेल हुने गरेको बारे प्रष्ट हुन्छ । प्रमुख कुशवाहाले आफ्नो पदको दुरुपयोग गर्दै बिचौलियाकै माध्यमले दैनिक लाखौ आर्जन गर्न सफल भएको यस घटनाले प्रष्ट पारेको छ ।
आफ्नो पदको दुरूपयोग गर्दै काम कारवाही गर्ने कुशवाहा माथी मन्त्रालयकै छत्रछाया हुने गरेको कारण यस्तो क्रियाकलाप बढेको बारे दुइमत छैन । कार्यलय प्रमुख कुशवाहाले गरेका कुकर्मका फाइलहरु नियमनकारी निकायले छानबिन नगर्दा उनले दिनदूगुना रात चौगुना भ्रष्टचारका तानाबाना बूँदै दूनो सोझयाई राखेका उनी निकटका आसेपासेहरु बताउछन । यस बिषयमा उहाँको प्रतिक्रिया लीन खौज्दा उहाँको फोन उठेन र उनी संग सम्पर्क हुन्न सकेन् ।