काठमाडौं । सत्ता गठबन्धनमा सहभागी भएको नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता मुकुन्द न्यौपानेले ८ दलीय महागठबन्धन मुलुकलाई बर्वाद पार्नका लागि बनेको रहष्य खोल्नुभएको छ । आफ्नै दलका अध्यक्ष माधवकुमार नेपाल दैनिकजसो ८ दलीय गठबन्धनका नेतासँग दिन बिताइरहेको बेला बरिष्ठ नेता न्यौपानेले मुलुकलाई बर्वाद बनाउने मिसन बोकेर यो गठबन्धन बनेको तथ्य खोल्नुभएको हो ।
न्यौपानेले लेख्नुभएको छ, ‘अहिले बनेको महागठबन्धन र यहीँ सरकार यहीँ अबस्था रह्यो भने देश अब संकटमा हैन, महासंकटतिर जादैछ ।’ न्यौपानेले भारतको डिजाइनमो यो गठबन्धन बनेको खुलासा पनि गर्नुभएको छ । भारतले नेपाली कांग्रेसबाट राष्ट्रपति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निर्देशन दिएपछि पुस १० गते बनेको गठबन्धन तोडेर कांग्रेस नेतृत्वको नयाँ गठबन्न बनाउनु भएको थियो ।
सो गठबन्धनमा नेकपा एससमेत रहेको छ । बरिष्ठ नेता न्यौपानेले आफ्नै दल पनि भारततिरको गठबन्धनमा लागेर गम्भीर गल्ती गरेको बताउनु भएको छ । न्यौपानेले भन्नुभयो,‘पहिलेको पाँच दलीय ठगबन्धनलाई समयको न्यायालयले किनारा लगायो यो महाँठगबन्धनको पनि समयले दिनगिन्ति सुरु गरिसकेको छ । भारतले नेपाललाई स्वतन्त्र स्वाभिमानी देशको रुपमा गनेको छैन ।’
‘यहाँका केही सत्तालुब्ध नेता हरुलाई कुर्सी टिकाई दिने लोभ देखाएर कुर्सीमा बसाएर देशलाई भारतका कवाडी गाडीको डम्पिङसाइट बिशाक्त तरकारी ख्वाएर नेपालीहरुलाई जिर्ण बनाउने अहिले काङ्ग्रेस माओवादी नेकपा एसलगायत नामको गठबन्धन बनेपछि भारतबाट आउने सोह्र अरबको बिशाक्त तरकारीको बिस जाच्न नपाउने प्रधानमन्त्रीले भारतसंग सम्बन्ध बिग्रन्छ भनेर फायल फिर्ता गर्ने,’ न्यौपानेले भन्नुभएको छ, ‘मुस्ताङमा चीनको सिमानामा रहेको निशेधित क्षेत्रमा दलाई लामाका शिष्य पढाउन बिश्वविद्यालय खोल्ने अनि अहिलेको सरकारका प्रधानमन्त्री चु गर्न नसक्ने यहीँ सरकार यहीँ अबस्था रह्यो भने देश अब संकटमा हैन, महासंकटतिर जाँदैछ ।’
न्यौपानेको भनाई जस्ताको तस्तै:
“पहिलेको पाँच दलीय ठगबन्धनलाई समयको न्यायालयले किनारा लगायो यो महाँठगबन्धनको पनि समयले दिनगिन्ति सुरु गरिसकेको छ ।भारतले नेपाललाई स्वतन्त्र स्वाभिमानी देशको रुपमा गनेको छैन । यहाँका केही सत्तालुब्ध नेता हरुलाई कुर्सी टिकाई दिने लोभ देखाएर कुर्सीमा बसाएर देशलाई भारतका कवाडी गाडीको डम्पिङसाइट बिशाक्त तरकारी ख्वाएर नेपालीहरुलाई जिर्ण बनाउने अहिले काङ्ग्रेस माओवादी नेकपा एसलगायत नामको गठबन्धन बनेपछि भारतबाट आउने सोह्र अरबको बिशाक्त तरकारीको बिस जाच्न नपाउने प्रधानमन्त्रीले भारतसंग सम्बन्ध बिग्रन्छ भनेर फायल फिर्ता गर्ने । मुस्ताङमा चीनको सिमानामा रहेको निशेधित क्षेत्रमा दलाई लामाका शिष्य पढाउन बिश्वविद्यालय खोल्ने अनि अहिलेको सरकारका प्रधानमन्त्री चु गर्न नसक्ने यहीँ सरकार यहीँ अबस्था रह्यो भने देश अब संकटमा हैन, महासंकटतिर जादैछ ।”