वीरगंज / महिला,बालबालिका तथा ज्येष्ठ नागरिक विरुद्ध हुने अपराध नियन्त्रण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम भएको छ।
उक्त अन्तरक्रिया कार्यक्रममा उपस्थिति प्रमुख अतिथि विशिष्ट अतिथि,अतिथिहरु खादा ओढाई सम्मान गरेका थिए।
उक्त कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले धन्यवाद ज्ञापन गर्दै महिला हिंसा न्यूनीकरणका लागि प्रहरी बाट भएका प्रयासबारे चर्चा गरेका हुन्। साथै समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न विधालय कलेज,र समुदायमा महिला बालबालिका बिरुद्ध हुने हिंसा बारे जनचेतनामुलक कार्यक्रम संचालन गर्ने तथा लैङ्गिक हिंसालाइ जरैदेखि उखेल्ने आधारभुत स्तम्भ परिवार भएको चर्चा गर्दै उहाँले परिवारले बालबालिकालाई यौन शिक्षा र लैङ्गिक हिंसा सम्बन्धि जानकारी दिनुपर्ने बताएका हुन।
साथै उक्त कार्यक्रममा लैङ्गिक हिंसा नियन्त्रण बारेमा सरोकारवालाबीच सुझाव आदानप्रदान र यस सम्बन्धमा आइपरेका समस्या तथा चुनौतिबारे खुल्ला छलफल गरिएको थियो ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक बिरुद्ध अन्तर्क्रिया कार्यक्रममा वीरगंज महानगरका उप-प्रमुख सँग सहकार्य गरिरहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूका अतिरिक्त महिला हक अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न संस्थाका प्रतिनिधिहरूले निषेधाज्ञाको अवधिमा लैङ्गिक हिंसामा परेका तथा अन्य पीडित महिला तथा बालबालिकाहरूलाई आ-आफ्नो संस्थाबाट सञ्चालित उद्धार, राहत, सुरक्षित आश्रयस्थल, मनोसामाजिक परामर्श, कानूनी उपचार सहायता लगायतका विषयमा प्रकाश पारेका थिए।साथै, पीडितहरूलाई सहायता प्रदान गर्ने क्रममा भोग्नुपरेका अप्ठ्याराहरू र त्यसलाई समाधान गर्न आयोगको तर्फबाट हुनुपर्ने पहलका विषयमा समेत कार्यक्रममा आफ्ना भनाइ राखेका थिए ।
उक्त अन्तरक्रिया कार्यक्रम वीरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमको प्रमुख आतिथ्यता तथा सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको सभापतिमा संचालन भएको कार्यक्रममा विशिस्ट अतिथिको रूपमा वडा २ का वडा अध्यक्ष महमद रेयाज मिया त्यस्तै अतिथिहरु जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक मनिशा लौडारी वडा सदस्य अब्दुल लतिफ अन्सारी,बसिर मिया हजाम,महिला सदस्य संगीता थापा ,रम्भा देवी,
सामूदायिक सेवा केन्द्र की कोषाध्यक्ष प्रेमकुमारी सिंह,
प्रविण विक्रम साह,वीरगंज महानगरपालिकाका उप-प्रमुखका स्वकिय सचिव शेष हजरा,पोखरीया नगपालिका नेपाली कांग्रेसका नगर सचिव धर्मराज यादव,अतिथी वीर्ता वडा प्रहरी कार्यालयका प्रमुख विदुर सिवाकोटी, सस्शत्र प्रहरीका प्रहरी निरिक्षक रविन्द्र भट्ट,सिमा प्रहरी चौकिका सइ बरिस्ठ तेज प्रताप सिंह,वडा प्रहरी कार्यालय विर्ताका सइ समर गुरुङगे,जेष्ठ नागरीक संघअध्यक्ष तथा बरिस्ठ पत्रकार जगदिश शर्मा,जेष्ठ नागरीक संघ सदस्य लालबाबु खान,माइति नेपाल कि प्रमुख गोमा पौडेल,राहुल गुप्ता लगायतका विभिन्न ब्यत्किहरुको उपस्थिति रहेको थियो।