वीरगन्ज । ईलाका प्रहरी कार्यालय पोखरीया पर्साको प्रहरी प्रमुख आयुष प्रसाद जोशीको बिदाइ गरिएको छ ।
२०७९ साल वैशाख महिना देखि ईलाका प्रहरी कार्यलय पोखरीयाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका जोशीको मानव बेचबिखन अनुसन्धान ब्युरो, काठमाडौँमा सरुवा भएपछि उहाँलाई बिदाइ गरिएको हो।
ईलाका प्रहरी कार्यलयमा भएको बिदाई तथा स्वागत कार्यक्रममा सहभागी अधिकांश बक्ताहरुले प्रहरी प्रमुख जोशीले ईलाका प्रहरी कार्यलय पोखरीयाको प्रहरी प्रमुखको जिम्मेवारी समालेपछि यस क्षेत्रका नागरिकहरुलाई शान्ति शुरक्षाका क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए।
इलाका प्रहरी कार्यालय पोखरीया अन्तरगत पर्ने सम्पूर्ण गाउँ लगायत आसपासका क्षेत्रमा प्रहरी प्रमुख जोशीको कार्यकालमा शान्ति सुरक्षाका बिषयमा सन्तोष जनक रहेको बिदाई कर्ताहरुले धारणा राखेका थिए ।
जोशीले गरेको कार्य हामी सम्पूर्ण ईलाका बासी कहिले बिर्सिन सक्दैन। यहाँले गरेको कार्यबाट आउने प्रहरी निरीक्षकहरुको लागि प्रेरणाको स्रोत हुनेछ । यहाँको कार्यकालमा अहिलेसम्म कुनै किसिमको गुनासो कहिबाट सुन्न पाईएको छैन र आउने दिनमा हाम्रो शुभकामना छ कि बढुवा भएर फेरि हाम्रो पर्सामा आउनु हुन्छ र हाम्रो सम्बन्ध कहिले पनि छुट्ने छैन जस्ता मन्तव्य बिदाई कर्ताहरुले राखेका थिए ।
साथै प्रहरी निरीक्षक जोशीले आफ्नो कार्यकालमा स्थानिय तथा प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचन शान्ति पूर्ण ढंगले गराउन सफल भएका थिए । शान्ति सुरक्षा कायमको साथ साथै सबै निर्वाचन गराउन सफल भएका प्रहरी निरीक्षक जोशीलाई सम्पूर्ण बिदाइ कर्ताहरुले धन्यबाद ज्ञापन गरेका थिए ।
जोशीले ११ महिनासम्म शान्ति सुरक्षामा आफ्नो क्षमताले भ्याएसम्म नागरिकको जिउ धनको सुरक्षका लागि आफू कटिबद्ध भएर लागेको बताएका थिए। आफ्नो कार्यकालमा स्थानिय सरकार , पत्रकार सबैले साथ दिएकोमा धन्यवाद दिदै सुरक्षाकर्मीले जोखिम मोलेर कार्य गरेको प्रहरी निरीक्षक जोशीले बताए । ईलाका प्रहरी कार्यालय पोखरीया रहदा स्थानिय तथा आम बासीबाट अतुलनीय सहयोग पाएको बताए । उनले सबै वर्गबाट पाएको सहयोगलाइ सधै आत्मसाथ गर्ने बताए। ।
विदाईको समयमा आफुलाई केही खल्लो महसुस भएपनि नराम्रो नलागेको बताउदै प्रहरी निरीक्षक जोशीले भौतिकरूपमा आफु पोखरीयामा नरहेपनि सबैसंगको सम्बन्ध सधैं भरी कायम रहने बताए।