वीरगन्ज । चितवनको सौराहामा आम संचारकर्मीहरुको दक्षता अभिवृद्धि सम्बन्धी तीन दिने तालिम आजदेखि सुरु भएको छ ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको आयोजना र वीरगन्ज महानगरपालिकाको आर्थिक सहयोगमा तीन दिने तालिम सुरु भएको हो ।
तीन दिने तालिमको उद्घाटन नेपाल पत्रकार महासंघका पुर्व मध्यमान्चल संयोजक एवं वीरगन्ज महानगरपालिकाका प्रेस सल्लाहकार महेश दासले गरेका छन ।
तालिमको उद्घाटन गर्दै दासले नेपाल पत्रकार महासंघ पर्सा शाखाको ईतिहासमा पहिलो पटक जिल्ला बाहिर तालिमको व्यवस्था गरीएकाले यसलाई अवसरको रुपमा लिन सुझाव दिएका छन ।
साथै उनले तिन दिने तालिमलाई सिकेका कुरालाई प्रभावकारी रुपमा व्यवहारमा लागु गर्न सबै पत्रकारहरुलाई आग्रह गरेका थिए ।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्ष्तामा भएको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य महेश चन्द्र गौतम , प्रेस चौतारी नेपाल पर्साका उपाध्यक्ष विजय भण्डारी , उपाध्यक्ष कविता खड्का , सदस्य कृष्णा कुशवाहा , नितेश कर्ण , प्रेस युनियन नेपालका केन्द्रिय सदस्य निलिमा पौडेल , प्रेस युनियन नेपाल मधेश प्रदेश सदस्य क्रान्ति साह , चिरञ्जीवी यादव , प्रमोद यादव , माधुरी महतो , प्रेस सेन्टरका केन्द्रिय सदस्य कृष्णाउदास खनाल , अनिल साह ,राम मण्डल , अशोक श्रीवास्तव , समाजवादी प्रेस संगठन नेपाल पर्सा अध्यक्ष मनोज पटेल , उपाध्यक्ष शम्भु कुमार सुमन , कोषाध्यक्ष हरिशंकर शर्मा ,सचिव अजय चौरसिया , सह सचिव विनोद पटेल सहितका पत्रकारहरु सहभागी भएका छन ।
शुक्रबारको तालिममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष डा.महेन्द्र बिष्टले प्रशिक्षण दिने छन । तिन दिने तालिममा नेपाल पत्रकार महासंघ पर्सा शाखा उपाध्यक्ष युवराज खड्का , शुष्मा शर्मा , कोषाध्यक्ष संजिव कुमार मिश्रा , सहसचिव जियालाल साह , सदस्य श्याम कुशवाहा , तिवारी यादव , पत्रकार विमला गुप्ता लगायत पर्साका करिब ३५ जना पत्रकारहरु सहभागी भएका छन ।